कोरोनाबाट ज्यान जानेको संख्या ५३ हजार नजिक , १० लाख बढी प्रभावित , अमेरीकामा मात्रै २ लाख ४२ हजार संक्रमित

कोरोनाबाट ज्यान जानेको संख्या ५३ हजार नजिक , १० लाख बढी प्रभावित , अमेरीकामा मात्रै २ लाख ४२ हजार संक्रमित

  • शुक्रबार, चैत्र २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

२१ चैत, काठमाडौं । कोरोना भाइरसको संक्रमण घट्नुको साटो निरन्तर तीव्र गतिमा बृद्धि भईरहेको छ । विश्वभर विहिबार एकै दिन ५ हजार हारहारीमा मानिसको मृत्यु भएको छ । यो सगँै मृृत्यु हुनेको संख्या करिब ५३ हजार पुगेको छ । जोन हप्किन्स विश्व विद्यालयको आंकडा अनुसार पछिल्लो ताजा स्थितिमा विश्वभरीमा ५२ हजार ८ सय ६३ जनाको मृत्यु भएको छ ।

चीनको वुहानबाट डिसेम्बरको अन्तिम सातादेखि फैलिएको कोरोनोबाट हालसम्म १० लाख ११ हजार ४ सय ९० जना संक्रमित भएका छन् । सकारात्मक पाटोमा २ लाख १० हजार एक सय ८६ जना निको भएर घर फर्किएका छन् ।
कोरोनाबाट सबैभन्दा ठूलो मानवीय क्षति इटलीमा पुगको छ । प्राप्त पछिल्लो विवरणअनुसार, त्यहाँका १३ हजार ९ सय १५ को मृत्यु भएको छ ।

विश्वव्यापी महामारीको रूप लिएको कोरोनाबाट इटलीपछि स्पेनमा धेरै मृत्यु भएको छ । त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ९ सय ५० को मृत्यु भएपछि स्पेनमा ज्यान गुमाउनेको संख्या १० हजार ३ पुगेको हो ।

स्पेनको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले १० हजार ३ सय ४८ पुगेको छ । यो संख्या इटलीपछिको सबैभन्दा धेरै हो ।

मृत्युदरसँगै स्पेनमा कोरोना संक्रमितको संख्या पनि बढ्दो क्रममा छ । सो विश्व विद्यालयका अनुसार अनुसार संक्रमितको संख्या पछिल्लो २४ घण्टामा १ लाख २ हजार १ सय ३६ बाट बढेर १ लाख १२ हजार पुगेको छ । यो संक्रमण दर अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले बढी हो ।

केही दिनदेखि उकालो लागेको संक्रमण दर आउँदा दिनमा कम हुने अपेक्षा अधिकारीहरूले गरेका छन् ।

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच हजार ६ सय १६ पुगेको छ । अमेरिकाका दुई लाख ४२ हजार एक सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । यो विश्वकै सबै भन्दा धेरै हो ।

फ्रान्समा कोरोनाको उद्गमस्थल चीनमा भन्दा धेरै मानिसको मृत्यु भएको छ । अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका अनुसार, हालसम्म फ्रान्सका ५ हजार नाघेको छ । चीनमा हालसम्म ३ हजार १ सय ९९ मानिसको कोरोनाबाट मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ