अमेरीकामा कोरोनाबाट आउने हप्ताहरुमा दैनिक दुई हजार मानिसको मृत्यु हुन सक्ने स्वास्थ्य अधिकारीहरुको चेतावनी

अमेरीकामा कोरोनाबाट आउने हप्ताहरुमा दैनिक दुई हजार मानिसको मृत्यु हुन सक्ने स्वास्थ्य अधिकारीहरुको चेतावनी

  • बिहिबार, चैत्र २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी चैत्र २० । अहिले कोरोनाको सबै भन्दा ठूलो केन्द्र बनेको अमेरीकामा आउने दिनमा अझ धेरै मानिसहरुको मृत्यु दर बढ्ने स्वास्थ्य अधिकारीहरुले चेतावनी दिएका छन् ।
नियमित पत्रकार सम्मेलनमा ह्वाईट हाउसका स्वास्थ्य अधिकारीहरुले प्राजेक्टर मार्फत तथ्याकं पेश गर्दै आउने साताबाट दैनिक दुई हजार सम्म मृत्यु हुन सक्ने चेतावनी दएका छन् ।
अहिले प्रत्यक अढाई मिनट भित्र एक अमेरीकीको मृत्यु भईरहेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै त्याहाँ एक हजार भन्दा बढीको ज्यान गएर कुल अमेरीकाभरी ५ हजार नाघेको छ । कोरोना संक्रमितको संख्या २ लाख १३ हजार पुगेको जोन हप्किन्स विश्व विद्यालयले जनाएको छ ।
अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदृष्य शत्रु कोरोना भाईरसबाट अमेरीकाले अझै केही साता पीडा ब्यहोर्नु पर्ने बताएका थिए ।
अमेरीकाको पनि न्यूयोर्क सबै भन्दा कठिन मोडमा पुगेको छ । अधिकारीहरुले न्यूयोर्कमा सेप्टेम्बर ११ को ट्वीन टावर विष्फोट पछिकै सबै भन्दा ठूलो मानवीय विपत्ती देखिएको बताएका छन् ।
यसैबीच ह्वाईटहाउसका स्वास्थ्य विज्ञ एवं कोरोना भाईरस टास्क फोर्सका सदस्य डा एन्टोनी फोसीमाथि ज्यानको धम्की आएको र उनको सुरक्षा बढाईएको सिएनएनले जनाएको छ ।
धम्की को बाट र कसरी आएको हो एकीन नभए पनि उनको घरमा प्रहरीहरु बाक्लो मात्रामा तैनाथ गरिएको वासिग्टन पोष्टले समाचार लेखेको छ ।
उनले केही दिन अघि सिएनएनसगँ कुरा गर्दै अमेरीकामा एकलाख देखि दुई लाख सम्म मानिसको कोरोनाले ज्यान लिन सक्ने चेतावनी दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी