एजेन्सी चैत्र २० । विश्वमा असाधारण चुनौतीको रुपमा देखा परेको कोरोनाले थप भयाबह रुप लिदै गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार बढीको मृत्यु भएको छ । यो सगैँ विश्वभर मृत्यु हुनेको संख्या ४६ हजार ८ सय ९ जना पुगेको छ ।
साथै संक्रमितको संख्या ९ लाख २६ हजार माथि पुगेको जोन हप्किन्स विश्व विद्यालयले जनाएको छ । साथै एक लाख ९३ हजार संक्रमित निको समेत भएका छन् । अमेरीकामा मात्रै २ लाख १३ हजार संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा सबै भन्दा धेरै स्पेनमा ८ सय ६४ जनाको मृत्यु भएको छ । यो सगैँ स्पेनमा मृत्यु हुनेको संख्या ९ हजार ३८७ पुगेको छ । त्यसै गरी ईटालीमा एकै दिन ७ सय २७ को मृत्यु भएको छ । यो सगैँ त्याहा विश्वमै सबै भन्दा धेरै १३ हजार एक सय ५५ पुगेको छ ।
त्यसै गरी अमेरीकामा २४ घण्टामा ६ सय बढीको मृत्यु भएको छ । कुलमा अमेरीकामा मृत्यु हुनेको संख्या ४६ सय ६९ पुगेको छ । संक्रमित पनि अमेरीकामा तीव्र गतिमा बढेर २ लाख १३ हजार नाघेको छ ।
त्यसै गरी बेलायतमा एकै दिन ५ सय ६३ जनाको मृत्यु भएको छ । यो सगँै बेलायतमा मृत्यु हुनेको संख्या २३ सय ५२ पुगेको छ ।
यसै गरी ईरानमा एकै दिनमा एक सय ३८ जनाको मृत्यु भएको छ र त्याहाँ मृतकको संख्या ३ हजार नाघेको छ ।
यस्तै फ्रान्समा सयौको मृत्यु भएको छ एकै दिनमा र त्याहाँ चार हजार नाघको छ मृतकको संख्या ।
यस्तै टर्कीमा एकै दिन ६३ जनाको मृत्यु भएको छ ।
यता छिमेकी मुलुक भारतमा पनि कोरोना ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा त्याहाँ ४ सय बढी नयाँ संक्रमित फेला परेका छन् । यो सगँै भारतमा संक्रमितको संख्या २ हजार ५६ पुगेको छ भने मृतकको संख्या ५९ पुगेको छ ।
यस्तै पाकिस्तानमा पनि २२ सय ३८ संक्रमित पुगेका छन् भने मृतकको संख्या ३१ पुगेको छ ।
सयुक्त राष्ट्रसंघले कोरोनाले विश्वभर ठूलो चुनौती ल्याएको र आर्थिक सामाजिक संकटका बीच भविष्यमा द्धन्द, विद्रोह र अस्थीरता बढ्न सक्ने चेतावनी दिएको छ ।
यो संकट दोस्रो विश्व युद्ध पछिको सबै भन्दा ठूलो संकट भएको राष्ट्रसंघको निष्कर्ष छ ।
विश्वश्वास्थ्य संगठनले कोरोनाले विकराल रुप लिदै गएको भन्दै थप कडा कदमहरु चाल्न भनेको छ ।