१९ चैत, एजेन्सी ।
कोरोना भाइरस सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वभर मृत्यु हुनेको सङ्ख्या ४५ हजार ३ सय ३४ पुगेको छ। विश्वभर ९ लाख ३ हजार ७ सय ९९ जना कोरोना भाइरसबाट सङ्क्रमित बनेका छन्। त्यस्तै १ लाख ९० लाख ६ सय ७५ जना निको भएका छन्।
कोरोनाभाइरस संक्रमणबाट सर्वा्धिक प्रभावित बनेको इटलीमा एक लाख ५ हजार ७९२ कुल सङ्क्रमित भएका छन् भने १२ हजार ४२८ को मृत्यु भएको छ।
यसैबीच १५ हजार ७२९ निको भएर फर्किएका छन्। स्पेनमा एक लाख दुई हजार १३६ कुल सङ्क्रमित भएका छन् भने नौ हजार ५३ को मृत्यु भएको छ। यसैबीच १९ हजार २५९ निको भएर फर्किएका छन्।
संयुक्तराज्य अमेरिकामा एक लाख ८८ हजार ८८१ कुल सङ्क्रमित भएका छन् भने चार हजार ६६ को मृत्यु भएको छ भने सात हजार २५१ निको भएर फर्किएका छन्।
चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने तीन हजार ३१२ को मृत्यु भएको छ। यहाँ निको भएर घर फर्किनेको सङ्ख्या ७६ हजार २३८रहेका छन्।
फ्रान्समा ५२ हजार १२८ कुल सङ्क्रमित भएका छन् भने तीन हजार ५२३ को मृत्यु भएको छ। इरानमा ४७ हजार ५९३ कुल सङ्क्रमित भएका छन् भने तीन हजार व्यक्तिको मृत्यु भएको छ।
बेलायतमा २९ हजार ४७४ कुल सङ्क्रमित भएका छन् भने, दुई हजार ३५२ को मृत्यु भएको छ। बेलायतमा निको भएर घर फर्किनेको सङ्ख्या १३५ मात्रै रहेको छ।
जर्मनीमा ७३ हजार २१७ कुल सङ्क्रमित भएका छन् भने ८०२ को मृत्यु भएको छ। यसैबीच १६ हजार १०० निको भएको बताइएको छ।
यस्तै दक्षिण एशियाली मुलुक पाकिस्तानमा दुई हजार ७१ जनामा सङ्क्रमण रहेको छ भने भारतमा एक हजार ६३७ सङ्क्रमित भएका छन्। भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४५ रहेको छ भने पाकिस्तानमा २६ जनाको मृत्यु भएको छ। अन्य दक्षिण एशियाली मुलुकमा भने सङ्क्रमण न्यून सङ्ख्यामा देखिएको छ।