यतिबेला सिमा नाकामा नेपालीहरु भोकभोकै अडकिएका छन् । त्यसका साथै भारत बाट फर्किएका करिब ४०० जना दाजुभाइलाई अहिले पनि स्रोत साधन सहितको क्वारेन्टाइनमा नराखी ठाकुरराम क्याम्पस बिरगंजमा जेल जस्तै बन्दी बनाएर राखिएको छ। आफ्नो मातृभुमि प्रवेश गर्न नपाएर विदेशकै भुमिमा हाम्रो दाजुभाइदिदिबहिनी रोकिनु दु:खद हो।
सैद्धान्तिक रूपमा चीनबाट हवाईजहाज नै चार्टर्ड गरि ल्याउने र भारतीय सिमाबाट नेपाली लाई स्वदेशमा ल्याउनु कुनै फरक कुरा होइनन् । प्रधानमन्त्री ज्यु,को नजरमा कुनै नागरिक फरक हुँदैनन सबै बराबर हुन्छन् । तिर्खा लागेको हाम्रा दाजुभाइ पानी पनि खान नपाएर भोकै पेटमा कैयन किलोमीटर पुलिस लाठीचार्ज खादैखादै आफ्नो घर पुग्ने अभिलाषा बोकेको नेपालीहरुको पिडा लाई राज्यले जसरी पनि सम्बोधन गर्नैपर्छ ।
अहिलेको परिस्थितिमा ऊनीहरुलाई क्वारेन्टाइन भित्र कडाइका साथ भए पनि राख्नैपर्छ तर त्यतिकै विदेशी भुमि अलपत्र अवस्थामा छाडन पाइन्न। सावधानी पुर्वक एकएकको स्वास्थ्य जाँच गरि सुरक्षाकर्मीको निगरानीमा क्वारेन्टाइनमा १४ दिन पुरै राखेर मात्रै घर जान दिने निर्णय गरियोस् ।
आफ्नै भुमीमा काम नपाएर भारतको विभिन्न होटल , कारखाना , घरमा काम गर्ने उनीहरूको रोजीरोटी बन्द भएको छ। सरकारलाई यस्तो विपतको बेला यतिका दिन तयारी गर्ने समय पाउँदा पनि यसरी भोको पेट्मा रहेकोे आफ्ना नागरिकलाई अलपत्र पारिनु संविधानको हक विपरीत छ। जसरी चाईना बाट नेपाली विद्यार्थीलाई भिआईपी सम्झेर नेपाल ल्याई क्वारेन्टाइनमा राखिने व्यवस्थापन गरिए त्यसैगरि यी गरिब, मजदुर नेपाली लाई पनि सरकारले पुर्णतः व्यवस्थापन गरि उनीहरूको घर पुर्याउनमा मद्दत गरोस् ।
कोरोना कहर मा विकसित देश लाई हम्मे हम्मे परेको यो समस्या विकासोन्मुख देशको लागि सजिलो त पक्कै छैन। तर गर्न सक्ने जति गरिनुपर्छ । भारतीय ईमर्जेन्सीको बेला विपत्ति बाट आफ्ना फर्किन सिमामा आएको हाम्रा बन्धुहरू कुनै अपराधी होइनन्। तिनै बन्धुहरु आज देशमा काम नपाएर विदेश भुमि बसेर रोजीरोटी गएको कारण आज भार कम भएको छ र भ्रष्टाचारीहरुले भ्रष्टाचार पनि मज्जाले गर्न पाएका छन्।
वडाअध्यक्षले चढने मोटरसाइकल तथा गाउँपालिका अध्यक्ष, नपाका मेयर र सांसदलाई करौड़ोंको गाड़ी चढ्न पाइयो तर विपतको बेला घर फर्किन चाहेको नेपालीलाई जम्मा १४ दिन क्वारेन्टाइनमा राख्नलाई व्यवस्थापन गर्न नसक्नु दुस्खद । र आज त्यही नेपालीहरु घर फर्किदा नाकामा पुलिसले लठ्ठीले हिर्काउदै देश छिर्न दिइएको छैनन् । मानौं कि उनीहरू विदेशी कुनै नामुद अपराधी हुन्। सरकार द्वारा गरिएको यस्ता व्यवहार असह्य हुन। सरकारले तत्कालै नाकामा रोकिएको सम्पुर्ण नेपालीहरुलाई आफ्नो भुमि बोर्डर सीमामै क्वारेन्टाइन बनाइ १४ दिन जति क्वारेन्टाइनमा राखेर स्वास्थ्य परिक्षण गरि अनि सम्मानको साथी सबैलाई आआफ्नो घरसम्म पुर्याउ।
लेखक राजनीति शास्त्रको विद्यार्थी हुन् ।