अमेरिकामा कहालीलाग्दो बन्यो कोरोना, प्रत्येक तीन मिनेट भित्र एक जनाको ज्यान जाँदै

अमेरिकामा कहालीलाग्दो बन्यो कोरोना, प्रत्येक तीन मिनेट भित्र एक जनाको ज्यान जाँदै

न्युयोर्कको अत्यासलाग्दो चित्र यस्तो छ

  • बुधबार, चैत्र १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

एजेन्सी चैत १९ ।

विश्वको सबै भन्दा धनी र शक्तिशाली देश अहिले कोरोनाको महामारीले कहालीलाग्दो स्थितिमा पुगेको छ । जोन हप्किन्स विश्व बिद्यालयका अनुसार प्रत्यक तीन मिनेट नपुग्दै एक अमेरिकी नागरिकको ज्यान गइरहेको छ । सबै भन्दा खराब अवस्था रहेको बिश्वकै धनी न्युयोर्क शहरमा प्रत्येक साढे छ मिनेटमा एक जनाको ज्यान गइरहेको छ । अमेरिकामा मृतकको संख्या ४ हजार नाघेको छ । एक लाख ७५ हजार बढी संक्रमीत छन् ।

कोरोना शुरु भएको उहानलाई न्युयोर्कले उछिन्दै ७५ हजार संक्रमीत पुगेका छन् । जबकी उहानमा ६७ हजार मात्र संक्रमीत भएका छन् ।
अस्पतालमा बेड नभए पछी खाली ठाउ, स्कुल , बिद्यालय, सेनाको नेभी अस्पताल प्रयोग गरिएको छ । भेन्टिलेटर नपुगेर एउटामा दुई जना सम्म बिरामी राखिएको छ ।
मृत्यु भएका हरुको सब राख्ने गृह अभाव भएको छ । लाश धेरै भएपछि दाहासन्स्कार गर्न कठिन भएको यश सम्बन्धि काम गर्दै आएको सिइओ कम्पनीले जनाएको छ ।
साढे आठ करोड बढी जनसंख्या रहेको यो शहर बिस्वकै धनी र १०३ जना अर्ब पति बस्ने सहर हो ।
न्युयोर्कका गभर्नर एन्ड्रयुले न्युयोर्कको स्थिति कल्पना गरे भन्दा कठिन भएको बताए । अमेरिकी रास्ट्रपति ट्रम्पले अझै केही हप्ता पीडादायी हुने बताएका छन् ।
एक लाख देखी दुई लाख चालीस हजार सम्म मानिसको ज्यान जान सक्ने बिज्ञहरुले चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ