युएईमा कोरोनाबाट ८ नेपाली संक्रमित, संयमित रहि रस्थानीय प्रशासनले जारी गरेका नियम पालना गर्न दुतावासको आग्रह

युएईमा कोरोनाबाट ८ नेपाली संक्रमित, संयमित रहि रस्थानीय प्रशासनले जारी गरेका नियम पालना गर्न दुतावासको आग्रह

  • बुधबार, चैत्र १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

१९ चैत, १० ।

संयुक्त अरब ईमिरेट्स (युएई) मा रहेका ८ जना नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
युएईको स्वास्थ तथा रोकथाम मन्त्रालयले फाल्गुन २६ गते पहिलोपटक २ जना नेपाली कोरोनाबाट संक्रमित भएको जनाएको थियो । त्यसपछि चैत्र १४ गते २ जना नेपाली सहित ७२ जना र चैत्र १५ गते पुनः २ जना नेपाली सहित ६३ जनामा कोरोना देखिएको थियो।
स्वास्थ मन्त्रालयले मंगलबार नयाँ २ जना नेपाली सहित ५३ जना कोरोनाबाट संक्रमित भएको जनाएको छ। यो संगै युएईमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या ८ पुगेको छ। संक्रमित सबैको आईसोलेसनमा उपचार भईरहेको र २ जना संक्रमण मुक्त बनिसकेको दूतावासले जनाएको छ।
यसैबीच कोरोनाबाट नेपालीहरु समेत संक्रमित हुन थालेपछि नेपाली दूतावासले आफ्ना नागरिकलाई संयमित भएर बस्न आग्रह गरेको छ। दूतावासले विज्ञप्ति मार्फत संयमित बन्न र स्थानीय प्रशासनले जारी गरेका नियमहरु सावधानीपुर्वक पालना गर्न पनि आग्रह गरेको छ।
युएईमा अहिलेसम्म ६ सय ६४ जनामा कोरोनाको संक्रमण देखिएको छ। यसैगरी मृत्यु हुनेको संख्या ६ पुगेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी