एजेन्सी चैत्र १९ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदृष्य शत्रु कोरोना भाईरसबाट अमेरीकाले अझै केही साता पीडा ब्यहोर्नु पर्ने बताएका छन् । ह्वाईट हाउसमा पत्रकार सम्मेलनमा बोल्दै बोल्दै राष्ट्रपति ट्रम्पले हरेक अमेरीकीले कठिन दिनको सामना गर्न तयार हुन पनि अपील गरेका छन् । उनले अझै ३० दिन सामाजिक दुरी कायम गर्ने पनि बताए ।
सोही पत्रकार सम्मेलनमा श्वास्थय अधिकारीहरुले पेश गरेको अनुमानित रिपोर्ट अनुसार अमेरीकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख देखि २ लाख ३० हजार पुग्ने उल्लेख छ ।
अमेरीका अहिले कोरोना संक्रमितका हिशाबले विस्वमै धेरै एक लाख ७५ हजार पुगेको छ ।
यसैबीच अमेरीकाको पनि न्यूयोर्क सबै भन्दा कठिन मोडमा पुगेको छ । अधिकारीहरुले न्यूयोर्कमा सेप्टेम्बर ११ को ट्वीन टावर विष्फोट पछिकै सबै भन्दा ठूलो मानवीय विपत्ती देखिएको बताएका छन् ।
न्यूयोर्कमा मात्रै मृत्यु हुनेको संख्या १७ सय नाघेको छ । ७५ हजार संक्रमित यसै राज्यमा छन् । अमेरीकामा चीनमा भन्दा धेरै ३४ सय बढीको मृत्यु भएको छ । अमेरीकामा कोरोनाबाट एकै दिन ८ सय बढीको मृत्यु भएको छ । चीनमा ३३ सय ५ जनाको ज्यान गएको छ । अस्पताल तथा श्वास्थ्य उपकरणको अभाव भएको छ । उपचारको अभाव भए पछि सैनिक नेभी अस्पताल समेत न्यूयोर्क तटमा तैनाथ गरिएको छ । लाखौ नागरिकको रोजगारी गुमेको छ ।