एजेन्सी चैत्र १९ । सँयुक्त राष्ट्रसंघले दोस्रो विश्वयुद्ध पछि अहिले संसारमा कोरोनाले गर्दा सबै भन्दा ठूलो संकट पुर्याएको बताएको छ ।
राष्ट्रसंघ महासचिव एन्टेनियो गुटेरसले विश्वका सबै जसो देशमा यो महामारीले चूनौती थपिरहेको र आर्थिक मन्दी समेत विगतमा भएको भन्दा खतरनाक बन्न सक्ने बताए ।
महासचिव गुटेरसले महामारी र आर्थिक अवस्थाका कारण विश्वभर अस्थिरता, विद्रोह र द्धन्द बढ्न सक्ने चेतावनी पनि दिएका छन् ।
राष्ट्रसंघले कोविड १९ को महामारीले सामाजिक आर्थिक क्षेत्रमा पार्न सक्ने प्रभावका बारेमा तयार पारेको प्रतिवेदन सार्वजनिक गर्दै यस्तो चेतावनी दिएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline