विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ४० हजार ६ सय ७३ पुग्यो , ८ लाख २० हजार संक्रमित

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ४० हजार ६ सय ७३ पुग्यो , ८ लाख २० हजार संक्रमित

अमेरीकामा मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी, युरोपमा रोकिएन कोरोना कहर

  • बुधबार, चैत्र १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

एजेन्सी चैत्र १९ । विश्वमा असाधारण चुनौतीको रुपमा देखा परेको कोरोनाले थप भयाबह रुप लिदै गएको छ । पछिल्लो २४ घण्टामा ३ हजार भन्दा बढी मािनसको मृत्यु भएको छ । यो सगैँ विश्वभर मृत्यु हुनेको संख्या ४० हजार माथि पुगेको छ । साथै प्रभावित हुनेको संख्या ८ लाख २० हजार पुगेको छ । यो सगँै एक लाख ७४ हजार बिरामी निको भएको समेत जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
आज एकै दिन ईटालीमा ८ सय ३७ जनाको मृत्यु भयो । कुल ईटालीमा मर्नेको संख्या १२ हजार ४ सय २८ पुगेको छ । यो विश्वमै सबै भन्दा धेरै हो ।
त्यस पछि दोस्रोमा रहेको स्पेनमा पछिल्लो २४ घण्टामा ९ सय १३ जनाको ज्यान गएको छ । यो सगँै स्पेनमा मर्नेको संख्या ८ हजार एक सय ८९ पुगेको छ ।
ईटाली र स्पेनपछि फ्रान्समा कोरोनाले उग्र रुप लिदै गएको छ । जहाँ पछिल्लो २४ घण्टामा ६ सय ९९ जनाको मृत्यु भएको छ । यो अहिले सम्मकै धेरै हो फ्रान्समा ।
यसै गरी बेलायतमा एकै दिन सबै भन्दा धेरै ३ सय ८१ जनाको मृत्यु भएको छ । कुलमा १८ सयको हाराहारीमा मृत्यु भएको छ ।
यस्तै अमेरीकाको न्यूयोर्कमा मात्रै एकै दिन झण्डै ३ सयको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै १७ सय बढीको मृत्यु भएको छ । त्यहाका गभर्नर एन्ड्रीउ क्यूमोले भाईरस सोचे भन्दा पनि खतरनाक देखिएको भन्दै गंभीर चिन्ता व्यक्त गरेका छन् । अमेरीकामा मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी हुन पुगेको छ । मृत्यु संख्यामा अमेरीका अब ईटाली र स्पेन पछि तेस्रो नंम्वरमा पुगेको छ ।
अमेरीकामा मृत्यु हुनेको संख्या कुलमा ३४ सय माथि पुगेको छ र चीनलाई उछिनेको छ । साथै ंसंक्रमितको संख्या एक लाख ७५ हजार पुगेको छ । जस मध्य ७५ हजार न्यूयोर्कमा मात्रै छ ।
कोरोना भाईरसले विश्वभर संक्रमितको संख्या ८ लाख २० हजार विश्व श्वास्थ्य संगठनले जनाएको छ । यस मध्य एक लाख ७४ हजार निको भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी