विश्वभर कोरोना संक्रमितको संख्या ८ लाख नाघ्यो, ईटाली र स्पेनमा समान ८ सयभन्दा बढीको मृत्यु

विश्वभर कोरोना संक्रमितको संख्या ८ लाख नाघ्यो, ईटाली र स्पेनमा समान ८ सयभन्दा बढीको मृत्यु

  • मङ्लबार, चैत्र १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी चैत्र १८ । विश्वमा असाधारण चुनौतीको रुपमा देखा परेको कोरोनाले थप भयाबह रुप लिदै गएको छ । आज मंगलबार पछिल्लो समयको रिपोर्ट अनुसार विश्वभर कोरोना संक्रमितको संख्या बढेर ८ लाख माथि पुगेको छ । त्यसै गरी मृत्यु हुनेको संख्या ३९ हजार नजिक पुगेको छ ।
आज एकै दिन ईटालीमा ८ सय ३७ जनाको मृत्यु भयो । कुल ईटालीमा मर्नेको संख्या १२ हजार ४ सय २८ पुगेको छ । यो विश्वमै सबै भन्दा धेरै हो ।
त्यस पछि दोस्रोमा रहेको स्पेनमा पनि आज ८ सय ४९ जनाको ज्यान गयो । यो सगँै स्पेनमा मर्नेको संख्या ८ हजार एक सय ८९ पुगेको छ ।
यसै गरी बेलायतमा एकै दिन सबै भन्दा धेरै ३ सय ८१ जनाको मृत्यु भएको छ । कुलमा १८ सयको हाराहारीमा मृत्यु भएको छ ।
यस्तै अमेरीकाको न्यूयोर्कमा मात्रै एकै दिन झण्डै ३ सयको मृत्यु भएको छ । न्यूयोर्कमा मात्रै १७ सय बढीको मृत्यु भएको छ । त्यहाका गभर्नर एन्ड्रीउ क्यूमोले भाईरस सोचे भन्दा पनि खतरनाक देखिएको भन्दै गंभीर चिन्ता व्यक्त गरेका छन् ।
कोरोना भाईरसले विश्वभर संक्रमितको संख्या ८ लाख माथि पुगेको विश्व श्वास्थ्य संगठनले जनाएको छ । यस मध्य एक लाख ६५ हजार निको भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ