यस कारण अमेरीकाले कोरोना नियन्त्रण गर्न सकेन, नोम चोम्सकीको तर्क यस्तो छ

यस कारण अमेरीकाले कोरोना नियन्त्रण गर्न सकेन, नोम चोम्सकीको तर्क यस्तो छ

  • मङ्लबार, चैत्र १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 53.8K
    SHARES

विश्वकै प्रख्यात विष्लेषक, आधुनिक भाषा संज्ञानका पिता, दार्शनिक एवं लेखक नोम चोम्सकी शेक्सपियर र बाईबल पछिका चर्चित लेखक गनिन्छन् ।
तीनै चोम्सकीले अहिले अमेरीकामा बढेको कोरोना र नियन्त्रणका लागि भएको प्रयासबारे राजनीतिक व्यवस्थासगँ जोडेर केही तर्क अघि सारेका छन् ।
उनका अनुसार अहिले राष्ट्रपति ट्रम्पले कोरोनाको केन्द्र बनेको अमेरीकामा वासिग्टनका शासक अर्थात डोनाल्ड ट्रम्पले कडा कदम चाल्न नसक्नु स्तव्धपूर्ण छ , जब कि यस्ता भाईरस र महामारीहरु आईरहन्छन् भन्ने पहिला देखि नै थाहा छ ।
यसको मुख्य कारण नवउद्धारवादी कट्टरपन्थ हो , यसले निजी पूजिपति वर्गलाई अनुदान दिन्छ, हस्तक्षेप हैन । पूजिपति वर्गले फाईदाका लागि काम गर्दछ । त्यसकारण हस्तक्षेप हुन सकेन महामरी विरुद्ध ।
त्यसै कारणले अमेरीकाका औषधी कम्पनीहरुले फाईदा नहुने भएरै पूर्व तयारी गरेनन् । राष्ट्रपतिले श्वास्थ्य कोषहरुमा कटौती गरे र अहिले अमेरीकीहरु स्तव्ध छन् ।
अहिले अमेरीकामा पर्याप्त परीक्षण समेत भईरहेको छैन र स्पष्ट तथ्यांक र तथ्यहरु समेत दिन सक्ने अवस्थामा देखिदैन , चोम्सकीले भने ।
कोरोना भाईरस फैलिनुमा चीन जिम्मेवार रहेको अमेरीकी आरोपको समेत खण्डन गर्दै चोम्सकीले चीनले शुरुमै यो नयाँ भाईरस फैलिएको भनेर विश्व स्वास्थ्य संगठनलाइ दिएको,तर यसलाई पश्चिमाहरुले वेवास्ता गरे र अहिले शिकार भईरहेका छन् ।
यी सबै कुराको समस्या भनेको नवउद्धारवादी प्रणाली हो । जसमा राज्यको हस्तक्षेपकारी भूमिका हुदैन । मलाई लाग्छ , अमेरीकामा अनुमान गरिए भन्दा पनि बढी यो भाईरसले संकट ल्याउदैछ । चोम्सकीले भने ।
प्राभ्दारिपोर्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ