एजेन्सी चैत्र १८ । विश्वभर कोरोनाको महामारीको गति अझै रोकिएको छैन । यसले सोमबार एकै दिन ४ हजार मानिसको ज्यान लिएको छ । अहिले सम्म मृत्यु हुनेको संख्या ३७ हजार हाराहारी पुगेको छ ।
त्यस मध्ये २५ हजार माथि युरोपमा मात्रै रहेको छ । ईटालीमा एकै दिन सोमबार ८ सय १२ जनाको ज्यान गएको छ । यो सगँै ईटालीमा कुल मृतकको संख्या ११ हजार ५ सय ९१ पुगेको छ ।
त्यसै गरी स्पेनमा पनि ८ सय भन्दा बढीको एकै दिन ज्यान गएर कुल ७ हजार भन्दा बढी मृतकको संख्या पुगेको छ ।
यसै गरी अमेरीकामा ३ हजार बढीको मृत्यु भएको छ भने ईरानमा २७ सय नाघेको छ । चीनमा ३३ सय हारहारीमा मानिसको ज्यान गईसकेको छ । अमेरीकाको न्यूयोर्कमा मात्रै १२ सय बढीको ज्यान गएको छ ।
यसै गरी विश्वभर संक्रमितको संख्या सात लाख ७५ हजार पुगेको अलजजिराले उल्लेख गरेको छ । यस मध्य एक लाख ६० हजार निको भएको पनि जनाईएको छ । अमेरीकामा मात्रै एक लाख ५९ हजार संक्रमित छन् । त्यसै गरी ईटाली एक लाख हाराहारीमा रहेको छ ।
यस भाईरसको कारण र भ्याक्सिन तथा औषधी अझै पत्ता नलाग्दा विश्वले ठूलो संकटको सामना गर्नु परीरहेको छ ।