भारतमा रहेका नेपालीहरु जोखिममा

भारतमा रहेका नेपालीहरु जोखिममा

  • सोमवार, चैत्र १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

चैत्र १७ दिल्ली । भारतमा मजदुरीका लागि गएका हजारौ नेपालीहरुको बिचल्ली भएको छ । मुम्बई, दिल्ली लगायतका ठाँउमा रहेका नेपालीहरु कोरोना र लामो लकडाउनका कारण खान बस्न समस्यामा पर्न थालेका छन् भने कोरोनाको जोखिम पनि उत्तिकै रहेको मुम्बईमा काम गर्दै आएका प्युठानका शिब पौडेलले बताए ।
लामो लक डाउनले काम गर्न पाउने स्थिति छैन, कोठा भाडा तिर्नु, खानु निकै समस्या परीरहेको छ ।
यहाँको सरकारले दिने राहत नेपाली मजदुरहरुसम्म आईनपुग्ने भएकाले निकै कष्टकर हुन थालेको र उद्धारका लागि नेपालले पहल गरिदिए धेरै राम्रो हुने थियो , पौडेलले भने ।
भारतका विभिन्न राज्यमा रहेका लाखौं नेपाली स्वदेश फिर्ता भए पछि अझै ठूलो संख्यामा त्याहाँ बाकी रहेका छन् । नेपालमा रोजगारीको अभावका कारण नेपालीहरु भारतमा काम खोज्न जाने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी