एजेन्सी चैत्र १७ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाट अब चाहँी अमेरीकामा वास्तविक खतराको आकंलन गरेका छन् । शुरुमा उनले तुरुन्तै सामना गर्ने भने पनि अहिले एकै दिनमा मृत्यु हुने र संक्रमित हुनेको संख्या ब्यापक मात्रामा बढे पछि ह्वाईट हाउस ब्रिफिगंमा उनले यदी नागरिकहरुले सामाजिक दुरी कायम नराख्ने हो भने २२ लाख अमेरीकीको ज्यान जान सक्ने भन्दै चिन्ता जनाए ।
एक लाख सम्म मरे भने त यो अमेरीकाको जीत सरह नै हुन्छ , उनले अधिकारीहरुसगँ भने सबैले सामाजिक दुरी कायम गरौं ।
उनले आउने १५ दिनमा धेरै मानिसको मृत्यु हुन सक्ने पनि अनुमान गरे । अमेरीकामा २४ घण्टामा ५ सय बढी मानिसको मृत्यु भएको छ । यसै गरी कुल प्रभावितको संख्या एक लाख ४२ हजार पुगेको छ । कुल मृत्यु २४ सय माथि छ । अमेरीकाको धनी शहर न्यूयोर्क सबै भन्दा प्रभावित र अस्तव्यस्त बनेको छ ।
ह्वाईट हाउसका डाक्टर डेबोरा बक्र्सले कुनै पनि मोडलले अमेरीकामा काम गर्न नसकेको भन्दै जे पनि हुन सक्ने चिन्ता जनाए ।
यस अघि सिएनएनमा कुरा गर्दै कोरोना भाईरस टास्क फोर्सका डाक्टर एन्थोनी फौसीले एक देखि दुई लाख अमेरीकीहरुको ज्यान जान सक्ने र २० लाख संक्रमित हुन सक्ने अनुमान गरेका थिए ।
अस्तव्यस्तता, उपचार र परीक्षणको अभाव, रोजगारी संकट आदिले अमेरीकी नागरिकहरु निकै चिन्तत हुन थालेको जनाईएको छ ।