ट्रम्पको सातो गयो, जब श्वास्थ्य अधिकारीले दुई लाख सम्म अमेरीकीको ज्यान कोरोनाले लिन सक्छ भने…

ट्रम्पको सातो गयो, जब श्वास्थ्य अधिकारीले दुई लाख सम्म अमेरीकीको ज्यान कोरोनाले लिन सक्छ भने…

  • सोमवार, चैत्र १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

एजेन्सी चैत्र १७ । शुरुमा कोरोना भाईरसको सामान्य संक्रमण देखिन थाले पछि केही दिनमै अमेरीकाले जीत्छ भनेर घोषणा गरेका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अहिले भने सातो उड्न थालेको छ । हतियार र आर्थिक शक्तिको बलमा दुनियाँलाई धम्क्याउन र दवावमा राख्न सक्ने अमेरीका अहिले कोरोनासगँ आफै कमजोर सावित हुन थालेको छ ।
ट्रम्पले न्यूयोर्कमा क्वारेन्टाईन गर्ने आफ्नै फैसलामा समेत एक दिन टिक्न सकेनन् । त्यसै गरी उनले ल्याएको ईतिहासकै ठूलो राहत प्याकेजले समेत धान्न नसक्ने चेतावनी आउन थालेको छ ।
यसैबीच नेस्नल ईन्सटीच्युट अफ् एलर्जी एन्ण्ड ईन्फेक्सियस डिजिजेजका निर्देशक एवं कोरोना भाईरस टास्क फोर्सका सदस्य डा एन्थोनी फौसीले अमेरीकामा एक देखि दुई लाख सम्म नागरिक यो भाईरसका कारण मर्न सक्ने र २० लाख सम्म संक्रमित हुन सक्ने चेतावनी दिएका छन् ।
सिएनएनसगँ कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । यो परिस्थिितले ट्म्प प्रशासनमाथिको खतरा अझै बढ्ने उनले बताए पछि ट्रम्प आफूले घोषणा गरे अनुसार हुन छाडेकाले चिन्तित बन्न थालेको बताईएको छ । उनले ट्रम्पले आशा गरे जस्तो एक दुई हप्तामै कोरोना नियन्त्रण हुन गाह्रो रहेको पनि बताए ।
ट्रम्पमाथि खनिए विपक्षी
अमेरीकी संसदकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पे शुरुदेखि नै कोरोना भाईरसलाई गंभीरतापूर्वक नलिएको भन्दै गंभीर आरोप लगाएकी छन् । सिएनएनसगँको कुराकानीमा पेलोसीले ट्रम्पको गैर जिम्मेवारीपनाका कारण अहिले अमेरीकीहरुले आफ्नो ज्यान दिएर मुल्य चुकाईरहेको बताईन् । यो हाम्रो दुर्भाग्य हो, राष्ट्रपतिले सही आकंलन नगर्दा हामीलाई हालत कस्तो छ भनेर पनि सही रुपमा थाहा छैन, धेरै मानिसहरुको परीक्षण भएको छैन , पेलोसीले भनिन् ।
सिबिएस न्युज प्रोड्युसरका अनुसार न्यूयोर्क अमेरीकाको सबै भन्दा कोरोना प्रभावित क्षेत्र बनेको छ । ६ सय ७८ जनाको यस शहरबाट मात्रै मृत्यु भएको छ भने ५३ हजार बढी प्रभावित छन् । प्रत्यक ८.९ मिनेटमा न्यूयोर्कमा एक जनाले कोरोनाका कारण ज्यान गुमाईरहेको भन्दै सरकारी कदमले प्रभाव पार्न नसकेको भन्दै आलोचना शुरु भएको छ ।
अहिले भाईरस ग्रामिण क्षेत्रहरुमा समेत फैलन थाले पछि अमेरीकीहरु थप चिन्तित बनेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ