एजेन्सी चैत्र १७ । डिसेम्बर ३१ बाट फैलन शुरु गरेको कोरोना भाईरसको संक्रमण र मृत्यु अझै तीव्र गतिमा बढिरहेको छ । पछिल्लो २४ घण्टा भित्र विश्वभर यस भाईरसका कारण मृत्यु हुनेको संख्या ३३ हजार ५ सय ५० पुगेको छ ।
विश्वभरका एक सय ९५ देशमा गरी कुल ७ लाख २२ हजार दुई सय ८८ संक्रमित भएका छन् । यसका साथै एक लाख ५० हजार सात सय ३४ जना स्वस्थ्य भएका छन् ।
सबै भन्दा धेरै महामारीको शिकार भएको ईटालीमा आईतबार मात्रै ७ सय ५६ जनाको मृत्यु भएको छ । यो सगँै त्याहाँ मृत्यु हुनेको संख्या १० हजार सात सय ७९ पुगेको राष्ट्रिय स्वास्थ्य संस्थाले जनाएको छ ।
त्यसै गरी इटाली पछि मृत्यु धेरै हुने स्पेनमा एकै दिन ८ सय ३८ जनाको मृत्यु भयो । यो सगँै त्याहाँ मृत्यु हुनेको संख्या ६ हजार ५ सय २८ पुगेको छ ।
अमेरीकामा मात्रै २४ सय बढीको मृत्यु भएको छ । एक लाख ३५ हजार संक्रमित भएका छन् । बेलायतमा एकै दिन २ सय ९ जनाको मृत्यु भएको छ । फ्रान्समा एकै दिन २ सय ९२ को मृत्यु भएको छ ।
फ्रान्सका पूर्व मन्त्री लगायत मृत्यु हुनेको संख्या २६ सय नाघेको छ ।
यता सार्क सदस्य राष्ट्र श्रीलकामा पहिलो मृत्यु भएको छ आईतबार कोरोनाबाट ।
सार्क राष्ट्रमा सबै भन्दा बढी संक्रमित पाकिस्तानमा १५ सय माथि छ भने सबै भन्दा बढी मृत्यु भारतमा ३० पुगेको त्याहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।