इरानद्वारा २१ अर्ब ३० करोड यूरो बराबरको राहत कार्यक्रम घोषणा

इरानद्वारा २१ अर्ब ३० करोड यूरो बराबरको राहत कार्यक्रम घोषणा

  • आइतवार, चैत्र १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

इरानले कोरोना भाइरस सङ्क्रमणबाट प्रभावित अति गरीब तथा निजी क्षेत्रबाट सञ्चालित साना तथा मझौला उद्योगको सहयोगका लागि लक्षित गर्दै २१ अर्ब ३० करोड बराबरको विशेष राहत कार्यक्रमको घोषणा गरेको सरकारका प्रवक्ता अली रावेईले जानकारी गराउनुभएको छ ।

इरानका राष्ट्रपति हसन रौहानीको अध्यक्षतामा आइतबार राजधानी तेहरानमा बसेको कोरोनाभाइरस सङ्क्रमणको महामारी विरूद्ध सङ्घर्ष गर्न गठित समितिले अनुमोदन गरेका इरानको राज्य सञ्चालित सरकारी समाचार संस्था आईआरएनएले उल्लेख गरेको छ ।

राहत कायक्रम अन्तर्गत अति प्रभावित तथा गरीब परिवार, श्रमिक तथा सङ्क्रमणबाट अति प्रभावित क्षेत्रमा सङ्क्रमण नियन्त्रणका लागि प्रयोग गरिने राबेईले आफ्नो व्यक्तिगत ट्वीटरमार्फत जानकारी गराउनुभयो ।

सन्देशमा उहाँले राहत अन्तर्गतको १६ अर्ब यूरो यस सङ्कटको घडीमा पनि आफ्ना कामदारहरूलाई रोजगारीबाट फिर्ता नगरी राखेका कोरोना सङ्क्रमणका कारण प्रभावित बनेका रूग्ण उद्योगहरूलाई दिने बताउनुभएको छ । राहत कार्यक्रम अन्तर्गत सरकारले ओषधिजन्य सामग्री, कोरोनाभाइरस सङ्क्रमितको उपचारका लागि अस्पतालमा निर्माण गरिने सघन उपचार कक्ष र अन्य प्रयोजनका लागि प्रयोग गरिनेछ ।

उक्त आपतकालीन कोषको व्यवस्था बरोजगार विमा कोषबाट गरिने पनि बताउनुभयो ।

सङ्क्रमित सबैको उपचारको व्यवस्था सरकारले निःशुल्क गर्ने यसअघि नै राष्ट्रपति रौहानीले बताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ