काेराेनाले देशकाे अर्थतन्त्र तहसनहस भएकाे भन्दै जर्मनका एक मन्त्रीले गरे आत्महत्या

काेराेनाले देशकाे अर्थतन्त्र तहसनहस भएकाे भन्दै जर्मनका एक मन्त्रीले गरे आत्महत्या

  • आइतवार, चैत्र १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 19.9K
    SHARES

एजेन्सी १६ चैत । 

यूराेपेली देश जर्मनीका एक मन्त्रीले काेराेना भाइरसका कारण मुलुककाे अर्थतन्त्र तहसनहस भएकाे भन्दै आत्महत्या गरेका छन् । जर्मनकाे हेसे प्रान्तका अर्थमन्त्री थमश साफरले शनिवार आत्महत्या गरेकेा समाचार संस्था पिटिआइले जनाएकाे छ ।

उनकाे शव रेलकाे लिग छेउमा भेटिएकाे थियाे । हेसेका प्रिमियर भाेल्करले आइतबार मात्रै शाफरकाे मृत्यु भएकाे जानकारी दिएका हुन् ।  शाफर देशकाे अर्थतन्त्रलाइ माथि पुर्याउन उनकाे ठूलाे भूमिका रहेकेा हेसेका प्रिमियर भाेल्करले जनाएका छन् ।

५४ बर्षका साफर जर्मनीकाे अर्थतन्त्रलाइ काेराेनाले अर्थतन्त्र तहसनहस बनाएकाे भन्दै पछिल्लाे समय भाैतारिने गरेकेा बताइएकाे छ । याे प्रान्तमा जर्मनकाे ठूलाे शहर फ्रेंकफट र यूराेपकाे केन्द्रीय बैंक पनि रहेकाे छ ।

उनी पछिल्लाे दश बर्षदेखि साेहि प्रान्तकाे आर्थिक मामलामा काम गर्दै आएका थिए । उनी जर्रमन चान्सलर एंगेला मार्केलकाे पार्टी सेंटर राइट सीडीयूका नेता थिए ।

उनका एक श्रीमती र दुइ छाेरा छन् । उनले काेराेना भाइरसबाट घाटा तथा समस्या भाेगिरहेका कम्पनी र कामदारहरूलाइ सहयाेग समेत गरिरहेका थिए ।

भाेल्करले भनेका छन्, ‘उनी काेराेनाका कारण अर्थतन्त्रमा परेकेा असरले धेरै दुखि थिए, याे हाम्राेलागि धेरै कठिन समय हाे, हामीलाई उनकाे धेरै आवस्यकता थियाे ।उनले शाफरकाे मृत्युले अचम्मित तुल्याएकाे समेत बताएका छन् ।

भाेल्कर पछि शाफरलाई नै अघिल्लाे प्रीमियरकाे दाबेदारकाे रूपमा  हेरिएकाे थियाे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ