कोरानो भाइरसः विश्वभर करिब ३१ हजारको मृत्यु, ६ लाख ६३ हजारभन्दा बढी संक्रमित, इटालीमा १० हजारबढीको मृत्यु

कोरानो भाइरसः विश्वभर करिब ३१ हजारको मृत्यु, ६ लाख ६३ हजारभन्दा बढी संक्रमित, इटालीमा १० हजारबढीको मृत्यु

  • आइतवार, चैत्र १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, चैत्र १६ । कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म करिब ३१ हजार जनाको मृत्यु भएको छ । नेपाली समयअनुसार आइतबार बिहानसम्ममा कोराना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ६३ हजार नाघेको छ ।

संबैभन्दा बढी इटालीमा कोरोनाबाट १० हजार २३ जनाले ज्यान गुमाउँदा ५ हजार ९८२ जनाको मृत्यु भएको स्पेन दास्रो स्थानमा छ ।

भाइरस उत्पत्ति भएको चीनमा ३३ सय जनाको मृत्यु हुँदा भाइरस संक्रमणको नयाँ इपिसेन्टर बनेको अमेरिकाका २२ सय २७ जनाले ज्यान गुमाउन बाध्य भएका छन् ।

इरानमा २५ सय १७, फ्रान्समा २३ सय १४, बेलायत १ हजार १९, नेदरल्याण्ड्स ६ सय ३९, जर्मनी ४ सय ३३, बेल्जियम ३५३, स्वीट्जरल्याण्ड २६४ जनाको मृत्यु भएको छ ।

चीनले आफ्नो देशमा नयाँ संक्रमण हुन रोकेको छ भने भाइरस उत्पत्ति भइ फैलिएको वुहानमा क्रमशः जीवन सामान्यतर्फ ल्याउन थालेको छ ।

भाइरस संक्रमणको नयाँ इपिसेन्टर बन्दै गरेको अमेरिकामा करिब १ लाख २४ हजार संक्रमित बनेका छन् । इटालीमा करिब ९३ हजार, चीनमा करिब साँढे ८१ हजार, स्पेन ७३ हजार, जर्मनी ५७ हजारभन्दा बढी, फ्रान्स साँढे ३७ हजार, इरान ३५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ