चैत्र १६ काठमाण्डों । कोरोना भाईरसका कारण जापानमा फेस मास्कको अत्यन्त अभाब भई रहेको अवस्थामा योमरी ग्रुप अफ कम्पनी जापान अन्तर्गतका नेपाली रेस्टुरेन्ट मण्डला शिबुया र एशिएन दाईनिंङ बालि गार्डेन टोक्यो ,कान्दाबाट रेस्टुरेन्टमा आउने ग्राहकहरुलाई २०२० मार्च १० तारिखमंगलवार देखि निशुल्क मास्क वितरण गर्दै आइरहेको छ ।
नेपालमा महाप्रलायकारी भुकम्प जादा जापानी ग्राहकहरुले रेस्टुरेन्टमा सुरु गरेको भुकम्प पीडित सहयोग अभियानमा जापानीहरुले रेस्टुरेन्टमै आएर ठुलो सहयोग गरेको थियो ।
अहिले कोरोना भाईरसले गर्दा जापानमा हाल मास्कको अत्यन्त अभाब भएको र जापान हाम्रो कर्म भुमी भएको हुनाले जापानी र जापानप्रति कृतज्ञता जनाउन र नेपालीहरु पनि दूखमा साथ दिन्छन् भन्ने सन्देश जापानी समुदायसम्म पुर्याउन आफुहरुले यस्तो अभियान थालनी गरेको कम्पनीका प्रबन्ध निर्देशक सुनिल कुमार शाक्यले जानकारी दिनुभयो ।

कम्पनि परिबार तथा स्टाफहरुको सकृयतामा बाटोमा हिड्ने बटुवाहरुलाई पनि निशुल्क मास्क वितरणकोगरिरहेको बताएको छ । कम्पनिले माक्स कहाँबाट खरिद गर्नुभयो भनी हाम्रीले प्रश्न गर्दा प्रबन्धक शाक्यले टोक्यो स्थित सिनअोकुवो स्थित स्पाइस पसलबाट र अनलाइन सपिङबाट किनेर रेस्टुरेन्टमा आउने ग्राहकहरुलाइ उपहार स्वरुप बितरण गर्न थालेको बताउनुभयो ।
फेस मास्कको अभाब बीच जापानको नेपाली रेस्टुरेन्ट मण्डलामा निशुल्क मास्क वितरण गरि रहेको बारेमा जापानको टेलिभिजन त्द्यक् ले पनि आज बिहान प्रशारण गरेको छ ।
