एजेन्सी चैत्र १६ । कोरोना भाईरसका कारण विश्वभर मर्नेको संख्या ३० हजार नाघेको छ । हप्किन्स विश्व विद्यालयका अनुसार ३० हजार ३ सय ६० पुगेको छ मृतकको संख्या । मानिसहरु अझै मर्ने क्रम रोकिएको छैन । यसै गरी संक्रमितको संख्या ६ लाख ५३ हजार पुगेको छ । जस मध्य निको हुनेको संख्या पनि एक लाख ३९ हजार पुगेको छ ।
यसरी मृत्यु हुनेमा सबै भन्दा संकटमा ईटाली रहेको छ । ईटालीमा एकै दिन ८ सय ८९ सहित मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । १०२३ जनाले ईटालीमा ज्यान गुमाएका छन् । यो विश्वमै सबे भन्दा धेरै हो । ईटालीमा संक्रमितको संख्या पनि ९२ हजार माथि नाघेको छ ।
त्यस पछि दोस्रोमा स्पेन रहेको छ एकै दिन ८३२ को मृत्यु भयो । जस अनुसार स्पेनमा ५६९० पुगेको छ ।
त्यसै गरी फ्रान्समा एकै दिन ३ सय को मृत्यु भएको छ । यो सगँै त्याहाँ ज्यान गुमाउनेको संख्या १९९५ पुगेको छ । जहाँ ३२ हजार ९ सय ६४ जना संक्रमित छन् ।
यसै गरी बेलायतमा एकै दिन २ सय ६० को मृत्यु भएर कुल मृत्यु हुनेको संख्या एक हजार नाघेको छ भने संक्रमितको संख्या १७ हजार पुगेको छ ।
यस्तै ईरानमा एकै दिन एक सय ३९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३५ हजार पुगेको छ ।
अमेरीकामा एक लाख ५ हजार बढी संक्रमित छन् भने १७ सय बढीको ज्यान गएको छ ।