अमेरीकामा कोरोनाले उग्र रुप लिदै एकै दिन १६ हजार संक्रमित,एकै दिन ४ सय बढीको मृत्यु

अमेरीकामा कोरोनाले उग्र रुप लिदै एकै दिन १६ हजार संक्रमित,एकै दिन ४ सय बढीको मृत्यु

  • शनिबार, चैत्र १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी चैत्र १५ । अमेरीकामा कोरोनाले उग्र रुप लिदै गएको छ । अमेरीकाले खरबौं डलरको प्याकेज ल्याउने, भ्याक्सिन बनाउने, नागरिकलाई राहतको घोषणा गर्दै गर्दा दिनहु १६ हजार भन्दा बढीमा कोरोना संक्रमण हुन थाले पछि अधिकारीहरु चिन्तित बनेका छन् ।
अमेरीकामा पछिल्लो २४ घण्टामा संक्रमित बढेर एक लाख ४ हजार पुगेको छ । साथै एकै दिन ४ सय २ जनाको मृत्यु भएको केबल न्युज नेटवर्कले जनाएको छ । जम्मा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय पुगेको छ ।
अमेरीकाले लक डाउन नगर्दा यसरी कोरोना तीव्र रुपमा फैलिएको हुन सक्ने आंशका गरिएको छ ।
विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २७ हजार ४ सय पुगेको छ ।
यसै गरी ईटालीमा संक्रमितको संख्या ८६ हजार पुगेको छ भने मृतकको संख्या ९ हजार एक सय ३४ पुगेको छ । एकै दिन ९ सय १९ को मृत्यु भयो ।
यसै गरी स्पेनमा एकै दिन सात सय ७९ को मृत्यु भयो । स्पेनमा मृत्यु हुनेको संख्या ४८ सय ५८ पुगेको छ ।
उता बेलायतमा एकै दिन एक सय ८१ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ