कोरोना भाइरसः इटलीमा एकै दिन १ हजारकाे मृत्यु, विश्वभर २६ हजार ३५० काे ज्यान गयाे 

कोरोना भाइरसः इटलीमा एकै दिन १ हजारकाे मृत्यु, विश्वभर २६ हजार ३५० काे ज्यान गयाे 

  • शुक्रबार, चैत्र १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

एजेन्सी, १५ चैत । विश्वभर कोरोना भाइरस सङ्क्रमणका कारण २६ हजार ३५० जनाको मृत्यु भैसकेको छ । विश्वभर पाँच लाख ४९ हजार ४७४ बढी सङ्क्रमित भैसकेका छन् ।

सबैभन्दा बढी इटलीमा काेराेनाका कारण नागरिककाे मृत्यु भएकाे छ । इटलीमा एकैदिन एक हजार नाघेको तथ्याङ्क छ । याे सँगै इटलीमा अहिलेसम्म ९ हजार १ सय ३४ काे मृत्यु भयाे भने ८६ हजार ४९८ जना संक्रमित छन्  । अहिलेसम्म १० हजार ९५० जना ठिक भएकाे जनाइएकाे छ ।

केही समयसम्म सङ्क्रमितको दर चीन तथा यूरोपेली मुलुकमा बढी रहँदै आएकोमा बिहीबारदेखि सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या अमेरिकामा देखिएको छ । अमेरीमा संक्रमितकाे सङ्ख्या ह्वात्तै बढेकेा हाे । पछिल्लाे तथ्याङ्क अनुसार ९३ हजार २९ जना संक्रमित छन् । अमेरीकामा  १ हजार ३८३ काे मृत्यु भइसकेकेा छ ।

इटलीपछि स्पेनमा काेराेना संक्रमणका कारण धेरैकाे मृत्यु भएकाे छ । स्पेनमा एकै दिन ५६९ जनाकाे मृत्यु भएकाे छ । याे सम्नेँगै मृत्यु हुने सङ्ख्या  ४ हजार ९३४ पुगेकेा छ ।

चीन भने तेस्राे नम्बरमा छ । हाल चीनमा ८१ हजार ३४० संक्रमित छन् । यहाँ ३ हजार २९२ जनाकाे मृत्यु भक्एाे छ ।  उता, इरानमा काेराेना भाइरसका कारण २ हजार ३७८ जनाकाे मृत्यु भएकाे छ ।  ३२ हजार ३३२ जना संक्रमित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ