कोरोना भाईरसका कारण विश्वभर मृत्यु हुनेको संख्या निरन्तर बढेर २३ हजार ५ सय ८८ पुगेको छ । नियन्त्रण र रोकथामको अनेकौं उपायका बीच पनि मृत्यु दरमा कमी आउन सकेको छैन ।
त्यसै गरी संक्रमण पनि निरन्तर बढेर ५ लाख १९ हजार नाघेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । शुरुमा चीनमा फैलिएको यो भाईरस त्यस पछि ईटाली स्पेन हुदै अहिले अमेरीकामा सै भन्दा धेरै संक्रमित भएका छन् ।
जहाँ ८२ हजार ४ सय संक्रमित भएका छन् भने मृत्यु ११ सय पुगेको छ । मृत्युका हिशाबले सबै भन्दा धेरै ईटालीमा सात हजार ५ सय भन्दा बढी रहेको छ । यो केही समय अघि सम्मको रिपार्ट हो । यी हुन् धेरै संक्रमण र मृत्यु भएका दश देशः सूचीमा हेर्नुहोस् ।
| देश | संक्रमण | मृत्यु |
| चीन | 81,285 | 3,291 |
| इटली | 80583 | 8165 |
| अमेरिका | 82,404 | 1,073 |
| स्पेन | 56,197 | 4195 |
| जर्मनी | 43,646 | 239 |
| ईरान | 29,406 | 2234 |
| फ्रांस | 25,233 | 1,331 |
| स्वीजरल्याण्ड | 10,897 | 153 |
| ब्रिटेन | 11678 | 578 |
| दक्षिण कोरिया | 9,241 | 131 |
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline