एजेन्सी चैत्र १४ । अमेरीका विश्वकै कोरोनाको केन्द्र बन्न पुगेको छ । यस अघि विश्व श्वास्थय संगठनले चेतावनी दिए अनुरुपै अमेरीकामा बुधबार एकै दिन करीब दशौं हजार संक्रमित थपिएर विश्वको सबै भन्दा धेरै ८२ हजार ४ सय ४ पुगेको छ । जब कि मृत्यु ११ सय बढीको भएको छ । जब कि इटालीमा मृत्यु ८ हजार माथि नाघे पनि संक्रमित ८० हजार छ भने चीनमा ८१ हजार थिए ।
अहिले न्यूयोर्क सबै भन्दा ठूलो अमेरीका भित्रको पनि केन्द्र बनेको छ । जसमा एकै दिन एक सय बढीको ज्यान गएको छ ।
कोरोनाको तीव्र लहर फैलिए पछि अमेरीकीहरुमा ठूलो हाहाकार मच्चिएको छ । बेरोजगारहरुको ठूलो संख्या बढेको छ भने अर्थतन्त्र नयाँ संकट तर्फ गएको छ ।
अस्पतालहरुमा उपचारमा कठिनाई शुरु भएको छ । अत्याधिक मात्रामा परीक्षण र उपचार गर्नु पर्ने भए पछि श्वास्थ्यकर्मीहरु चिन्तित् छन् ।
न्यूयोर्कमै आवस्यकता अनुसारको अस्पतालमा बेड नै अभाव हुन थालेको छ । त्यसै गरी श्वास्थयकर्मीको समेत अभाव भए पछि गभर्नर ट्रम्प प्रशासनसगँ रिसाएका छन् । रिटायर भएका श्वास्थ्यकर्मीलाई पुनः काममा बोलाउने सरकारले तयारी गरेको छ ।
अमेरीकी राष्ट्रपतिले प्रत्यक नागरिकलाई १२ सय डलरका दरले राहत दिने घोषणा गरेका छन् ।
वैज्ञानिक ,औषधि निर्माता सबैलाई राष्ट्रपति ट्रम्पले निर्देशन दिए पनि अझ सम्म भ्याक्सिन र परीक्षण उपकरणहरु पर्याप्त हुन नसकेको बताइन्छ ।