आइसोलेसनबाटै फेसबुक लाइभ मार्फत जनताहरुलाई सम्बोधन गर्दै न्युजिल्याण्डकी प्रधानमन्त्री 

आइसोलेसनबाटै फेसबुक लाइभ मार्फत जनताहरुलाई सम्बोधन गर्दै न्युजिल्याण्डकी प्रधानमन्त्री 

  • बिहिबार, चैत्र १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

एजेन्सी, १३ चैत ।
न्युजिल्याण्डकी प्रधानमन्त्री जकिन्डा अर्डेनले कोरोना भाइरसको संक्रमण ह्वात्तै बढ्नसक्ने भन्दै नागरिकहरुलाई सचेत गराएकी छन् । कोरोना महामारीबारे घरबाटै फेसबुक लाइभ मार्फत जनताहरुलाई सम्बोधन गरेकी उनले अझै भाइरसको संक्रमण फैलेने दर बढ्न सक्ने भन्दै सचेत रहन नागरिकलाई आग्रह गरिन् ।
कोरोना भाइरस रोकथामका लागि सिंगो देश नै आइसोलेसनमा रहेका बेला होम क्वारेन्टाइनमा बसेकी जकिन्डाले अनौपचारिक पहिरनमै रहेर घरभित्रबाट भिडिओमा बुधबार कोभिड १९ बारे उठेका प्रश्नको जवाफ दिएकी हुन् ।
हरियो जम्परमा देखिएकि प्रधानमन्त्री जकिन्डाले अनौपचारिक पहिरनका लागि माफी समेत मागेकी थिइन् । यस क्रममा उनले आफ्नी छोरीलाई ओच्छ्यानमा राखेर फेसबुक लाइभमा आएको बताएकी थिइन् ।
बुधबार न्युजिल्याण्ड सरकारले आफ्ना नागरिकहरुलाई टेक्स्ट म्यासेज पठाउँदै सबैलाई आफ्नो घरमै दूरी कायम गरी बस्न आग्रह गरेको थियो । प्रधानमन्त्री जकिन्डाको उक्त भिडिओ ३० लाख ५० हजार दर्शकले एकैपटक हेरेका थिए ।
जब कि, न्युजिल्याण्डमा २ सय ८३ जना संक्रमित भेटिएका छन् । तर मृत्युको घटना अहिलेसम्म भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ