एजेन्सी चैत्र १३ । विश्वव्यापी महामारी बनिरहेको कोरोना भाईरसले ईटाली पछि स्पेनलाई सबै भन्दा बढी स्तव्ध बनाएको छ । पछिल्लो २४ घण्टामा त्याहाँ ६ सय ५५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेको संख्या ४०८९ पुगेको छ । बुधबार मात्रै ७ सय ३८ को मृत्यु भएको थियो । कुल प्रभावितको संख्या ५६ हजार एक सय ८८ पुगेको छ ।
स्पेनमा घर घरमै बृद्ध बृद्धाहरुको मृत्यु भएको र कतिपय अवस्थामा उनीहरुको शब समेत कुहिने अवस्थामा पुगेको रिपोर्ट आएको छ । त्याहाँकी उपप्रधानमन्त्री कार्मेन सहित केही उच्च अधिकारीहरु समेत कोरोना संक्रमित भएका छन् ।
स्पेनका श्वास्थ्य मन्त्री साल्भाडोर ईल्लाले ४ सय ६७ मिलियन डलर बराबरको मास्क, ग्लोभ्स,टेष्ट किटस लगाययतका औषधीजन्य सामाग्री आयात गर्ने सरकारले सहमति गरेको बताएकी छन् ।
स्पेनको महामारी अनियन्त्रित बने पछि सरकारले नेटोलाई सहयोगको लागि अपील गरेको छ ।