कोरोनाः विदेशमा रहेका नेपाली अझ बढी जोखिममा,सरकारको ध्यान पुगोस्- नेत्र विक्रम शाही

कोरोनाः विदेशमा रहेका नेपाली अझ बढी जोखिममा,सरकारको ध्यान पुगोस्- नेत्र विक्रम शाही

  • बिहिबार, चैत्र १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

बिश्वभर फैलिएको नोवेल कोरोना भाईरस ( कोभिड–१९) महामारी ले संसारलाई अस्तव्यस्त र त्रसित बनाएको छ । हजारौको मृत्यु, लाखौं प्रभावित मात्र हैन यसको संक्रमण दिनहुँ बढिरहेको छ र मृत्यु पनि त्यतिकै । यसले अर्कोतिर सामाजिक र आर्थिक जनजीवन पनि उत्तिकै खतरामा पारेको छ । कतिसम्म पीडा देखिएको छ भने यसबाट मृत्यु भएका आफ्ना मान्छेहरुको दाहासंस्कार गर्न समेत नागरिकहरुलाई जटिल बनिरहेको छ विश्वचर । यसले आर्थिक र रोजगारीको क्षेत्रलाई तहसनहस पार्दै लगेको छ । यस्तो अवस्था रहिरहे विश्वभर भोकमारी र तनावको स्थिति उत्पन्न हुनेछ ।
अमेरीका, ईटाली, स्पेन,फ्रान्स, चीन जस्ता विकसित देशहरुमा समेत यस्तो कहाली लाग्दो अवस्था रहेको बेला हाम्रो देश पनि अुछतो रहने सकेको छैन । तीन जना नेपाली संक्रमित भईसकेका छन् । यो फैलावटले भोली अरु धेरैमा संक्रमण बढेर महामारीको रुप आउन सक्छ तसर्थ पूर्व तयारी गर्नु अति जरुरी छ । हाम्रो देशमा परीक्षण किट र अस्पतालहरुमा उपचारको अभाव हुने स्थिति देखा पर्दैछ । यो दुखदः हो राज्यले पूर्ण तयारी गर्नु पर्दछ । महामारीको जोखिमलाई कम गर्न । यसमा काम भन्दा बढी हल्ला भएको अनुभूति हुन्छ । केही दिन अघि नवलपरासीको एक जना बिरामीले चितवन काठमाण्डौं काही भर्ना नपाउनु र मकवानपुरबाट आएका बिरामीलाई ठूला अस्पतालले भर्ना नलिनु र मन्त्रालयकै दवावमा बल्ल एउटा अस्पतालले भर्ना गर्नु । यसले हाम्रो तयारी र सरकारको अवस्थालाई स्पष्ट गर्दछ ।
यस्तो परिवेशमा विदेशमा रहेका नेपालीहरुको बारेमा सरकारले चाल्न सक्ने कदम के हो ? आफू अनुकुल सुरक्षाका लागि नाकाबन्द गर्ने , उडान रोक्ने निर्णय गर्ने तर त्याहाँ अर्काको देशमा दुखः पाईरहेका नेपालीहरुको सुरक्षा र उद्धारका बारेमा ठोस पहल लिने काम भएको देखिदैन । तीनै युवाहरुको रगत र पशिनाको बलमा प्राप्त रेमिट्यान्समा चलिरहेको सरकारले उनीहरुलाई अलपत्र पर्ने अवस्थामा पुर्याउने, सरकार रहेनछ भन्ने खालको अनुभूति हुने गरी काम गर्नु विलकुलै हुदैन । उनीहरुका बारेमा बोल्ने, निर्णय गर्ने र सुरक्षाको पहल गर्ने काम गर्नु पर्दछ ।
अमेरीका, युरोप देखि खाडीमा रहेका नेपालीहरुमा कोरोनाले भेट्न थालिसकेकोछ । केहीको त मृत्यु समेत भएको भनेर सार्वजनिक भएको छ । उनीहरुलाई सहानुभूति र सहयोग गर्ने गरी आप्रवासी नेपालीहरुका बारेमा सरकारले ठोस पहल देखाउन सकेको छैन ।
उतैका सरकारहरुले समेत राम्रो रेखदेख र सुरक्षित गर्ने पहल राम्रोसगँ गरेको नेपालीले महसुस गर्न पाएको देखिदैन धेरै जसो स्थानमा । नेपालमा संस्थागत , संरचनागत भन्दा पनि अधिकारीहरुको व्यक्तिगत प्रस्तावहरु हावी हुने र हतारमा कतिपय निर्णय गर्ने र छोटो समयमा गरिने त्यस्ता निर्णयले अरु प्रभावहरु पर्ने स्थिति देखिएको छ ।
खास गरी लकडाउनको यो तत्कालको निर्णय र कार्यन्वयनले आप्रवासीहरु आफ्नै घर आउन नपाउने स्थिति बनेको छ । आप्रवासीहरुले आफ्नै घर आउन नपाउने, उनीहरुको राष्ट्रियता र अधिकार खै ? मिठोको जरै नछाड्ने , तितोको पातै नछुने प्रवृतिमा देखिएको हाम्रो सरकारले प्रवासमा रहेका दाजुभाई दिदी बहीनीहरुको आपत विपतको अवस्था बुझ्न जरुरी छ । यदी बुझिएन भने विदेशमा रहने नेपालीमाथि निकै अन्याय हुने छ । भारतबाटै घर फर्किएकाहरुको पनि लाला बाला सहित आएकाहरुको बिचल्ली हुने अवस्था देखा पर्नु,महाभारतको जस्तो दृष्य देखिनु कति सुहाउला ?
रोजगारीको अभावमा जीवन यापनको विकल्प नभए पछि विदेशीन बाध्य भएका ती सिमामा मात्रै होईन , हवाई क्षेत्रबाट गएका लाखौं नेपालीको जीवन समेत चूनौतीमै छ । उनीहरुका लागि कुनै विकल्प नखोज्नु भनेको सरकारले उनीहरुको जीवनमाथि गर्न खोजेको खेलवाड हुदैन ? भविष्यमा ठूलो स्तरमा तलमाथि भयो भने के हुन्छ ? किन भने नेपालीहरु रहेका सबै देशहरुमा कोरोना प्रवेश गरीसकेको छ प्राय ।
देश र जनताको नङ र मासुको सम्बन्ध जत्तिकै हुन्छ । जनता सिमा पारीबाट आउदै गरेका चाहे जहाजबाट हुन् या नाकाबाट ती नेपालीहरु हुन् । उनीहरुलाई देशले राज्यले सुरक्षित गर्दैछ, सहायता गर्दैछ भन्ने भावना पलाउने गरी सरकारले काम गर्नु पर्छ । सरकारले केही गरेन, वास्ता गरेन, आफू भ्रष्टाचारमा रमाईरहेको छ भन्ने कुरा महसुस गर्ने अवस्था बन्न दिनु भनेको मासुबाट नङ छुटिदा जस्तो पीडा हुन्छ त्यस्तै पीडा हुन्छ देशलाई ।
त्यस कारण घर आउन चाहनेलाई प्रवेश गराउने, कतिपय जोखिममा परेकालाई उद्धार गर्ने र देशमा आवस्यक क्वारेन्टाईन बनाएर केही गरेर उनीहरुलाई सुरक्षित रहने वातावरण बनाउनु पर्दछ । आफ्नै देशको सरकारले हेर्दैन भने उनीहरुले कोबाट आशा गर्न सक्छन् ? सरकार गंभीर र सचेत बनोस् । संकटको घडीमा सबै एक भएर यसको सामना गर्न अघि बढ्नु पर्दछ । सरकारले त्यो वातावरण बनाउन सक्नु पर्दछ ।

लेखक – नेविसंघका नेता हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी