चार लाख ४० हजारमा काेराेना सङ्क्रमण पुष्टि, इटलीमा छ हजार ८२० र स्पेनमा तीन हजार ४३४ जनाको मृत्यु

चार लाख ४० हजारमा काेराेना सङ्क्रमण पुष्टि, इटलीमा छ हजार ८२० र स्पेनमा तीन हजार ४३४ जनाको मृत्यु

  • बुधबार, चैत्र १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

एजेन्सी, १२ चैत ।

कोरोनाभाइरस (कोभिड–१९)को सङ्क्रमण विश्वभर चार लाख ४० हजार १४५ व्यक्तिमा पुष्टि भएको छ । विश्वभर प्रकोपका रूपमा फैलिएको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बुधबार साँझसम्ममा १९ हजार ७४८ पुगेको छ ।

सङ्क्रमणको प्रभाव सुरूमा चीनमा नराम्रो परेको देखिएको भएपनि पछिल्ला दिनमा यसको प्रभाव यूरोप र अमेरिकामा देखिएको छ । भारत लगायत दक्षिण एशियाली मुलुकहरूमा पनि पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम देखिएको छ ।

सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या इटलीमा छ हजार ८२०, स्पेनमा तीन हजार ४३४ पुगेको छ भने चीनमा तीन हजार २८१ रहेको छ । चीनमा पछिल्ला केही हप्तादेखि नयाँ सङ्क्रमणका घटना नगन्य मात्रामा भेटिएको नयाँ सङ्क्रमितमध्ये पनि चीनबाहिरबाट आउने व्यक्तिमा बढी रहेको चीनले जनाएको छ ।

सङ्क्रमणका कारण विरामी परेका चार लाख ४० हजार १४५ मध्ये एक लाख ११ हजार ९४२ जना निको भएर घर फर्केका छन् । त्यस्तै १३ हजार ४२५ व्यक्तिमा जटिल प्रकारको सङ्क्रमण देखिएको छ भने दुई लाख ९५ हजार ३० जनामा सामान्य प्रकारको सङ्क्रमण रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

युरोपको इटाली, स्पेनसहितका देश तथा अमेरिकामा यसको संक्रमण तीव्र गतिमा फैलिएको छ । इटालीपछि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढी हुने देशको सूचीमा स्पेन दोस्रो स्थानमा पुगेको छ । कोरोना भाइरसका कारण इरानमा दुई हजार ७७, फ्रान्समा एक हजार १०० तथा अमेरिकामा ७८५ जनाको मृत्यु भइसकेको छ ।

संक्रमित हुनेको कुल संख्याअझै पनि चीनमा धेरै छ । चीनमा ८१ हजार २१८, इटालीमा ६९ हजार १७६, अमेरिकामा ५५ हजार ८१ तथा स्पेनमा ४७ हजार ६१० जनामा संक्रमण पुष्टि भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ