काबुलस्थित शिख मन्दिरमा आक्रमण हुँदा २७ व्यक्तिको मृत्यु

काबुलस्थित शिख मन्दिरमा आक्रमण हुँदा २७ व्यक्तिको मृत्यु

  • बुधबार, चैत्र १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एजेन्सी, १२ चैत ।

अफगानिस्तानको राजधानी काबुलस्थित एक शिख मन्दिरमा भएको आक्रमणमा परी २७ जनाको मृत्यु भएको छ । काबुलको गुरूद्वार (मन्दिर)मा आत्मघाती बम हमला गर्नुका साथै बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका थिए ।

तालिवान बिद्रोहीले बुधबारको यो आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

काबुलको मध्यक्षेत्र शोर्बाजारमा रहेको मन्दिरमा स्थानीय समय अनुसार बिहान ७ः४५ मा आक्रमण भएको थियो । इस्लामिक स्टेटसम्वद्ध एक अफगानी समूहले आक्रमण गरेको उक्त समूहले दावी गरेको छ । आक्रमण भएको समयमा १५० जना श्रद्धालु मन्दिरभित्र रहेका अफगानी अधिकारीले बताए ।

घटनास्थलबाट केही मानिसलाई घाइते अवस्थामा उद्धार गरिएको थियो तर सङ्ख्याबारे विभिन्न सञ्चारमाध्यमले फरक फरक रिपोर्ट दिएका छन् ।

एएनआईलाई अफगान सुरक्षा स्रोतले दिएको जानकारीमा घटनामा २७ जनाको मृत्यु भएको र अन्य आठ जना घाइते भएको उल्लेख छ ।

अफगान सुरक्षाकर्मीका अनुसार घटनास्थलमा रहेका आक्रमणकारी सबै चार जनाको हमलापछि गरिएको सुरक्षा कारबाहीमा मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ