पाकिस्तानमा आन्तरिक हवाई उडान बन्द

पाकिस्तानमा आन्तरिक हवाई उडान बन्द

  • बुधबार, चैत्र १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

इस्लामाबाद, १२ चैत /प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या एक हजार भन्दा बढी भएपछि पाकिस्तान सरकारले सबै आन्तरिक यात्रुबाहक हवाई उडान स्थगन गरेको छ ।

पाकिस्तानी नागरिक उड्डयन अधिकारीहरुका अनुसार हवाई उडानमाथिको प्रतिबन्ध बिहीबारदेखि लागू हुनेछ । पाकिस्तानले यसअघि नै रेलसेवा र अन्तर्राष्ट्रिय हवाई उडान रोकिसकेको छ ।

प्रारम्भमा, पाकिस्तानमा भेटिएका सबैजसो संक्रमित व्यक्तिहरु इरानबाट फर्किएका व्यक्तिहरु थिए । मध्यपूर्वका मुलुकमध्ये सबैभन्दा बढी प्रभावित इरान भएको छ । यहाँ मंगलबार एकै दिन १२२ जनाको मृत्यु भएको थियो । हालसम्म इरानमा १ हजार ९०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने २४ हजार ८०० भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ