एजेन्सी, १२ चैत ।
युरोपेली मुलुक ईटालीमा कोरोना अनियन्त्रित बन्दै गएको छ । मंगलवार मात्रै ७४३ को मृत्यु भएको छ भने १० हजार बढी नयाँ संक्रमित फेला परेका छन् ।
यो संगै मृतकको सङ्ख्या ६८२० पुगेको छ । संक्रमित ६९ हजार १ सय ७६ पुगेका छन् ।
श्वास्थयकर्मीहरु नै ४८ सय २६ जना संक्रमित भएका छन् । अहिलेसम्म डाक्टर र नर्स गरी १४ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् ।
जनताको जनजीवन अस्तव्यस्त हुदै गएको छ । करीब ६ करोड जनसंख्या रहेको यस देशमा सेना समेत परिचालन गरेर लकडाउन गरिएको छ ।
रुस र चीनबाट सेना सहितको मेडिकल टिम र उपकरण तथा औषधी सहयोग पठाईसकेको छ । तर पनि देशले कोरोनामाथि नियन्त्रण गुमाउदै गएको छ ।
मुलुकमा लकडाउको घोषणा गरिएको भएपनि त्यसको पूर्ण पालना नहुँदा संक्रमण झन बढ्दै गएको छ । प्रधानमन्त्री ग्वीसेपे कोन्टेले लक डाउनको पूर्ण पालना नभएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले आम नागरिकलाई लक डाउनको पूर्ण पालना गरि द्दरमा नै बस्न आग्रह समेत गरेको अल जजिराले जनाएको छ ।
इटलीको रिपब्लिका न्युज पेपरका अनुसार ७ लाख मान्छे प्रभावित हुन सक्ने श्विास गरिएको छ । एक जना संक्रमित विरामिका कारण अन्य १० जना प्रभावित भएको हुनसक्ने अनुमानका आधारमा यो प्रक्षेपण गरिएको अल जजिराले उल्लेख गरेको छ ।
उता फ्रान्समा पनि कोरोना संक्रमित ह्वात्तै बढेका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा ५१४ नयाँ संक्रमितको मृत्यु भएको छ ।