विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ हजार ३ सय १३ पुग्यो

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १६ हजार ३ सय १३ पुग्यो

  • मङ्लबार, चैत्र ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

एजेन्सी चैत्र ११ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ । सबै भन्दा धेरै ईटालीमा सोमबार ६ सय ३ को मृत्यु भएको छ । त्यस्तै स्पेनमा एकै दिन चार सय बढीको मृत्यु भयो भने अमेरीकामा एक सय भन्दा बढीको ज्यान गएको छ । ईटालीमा विश्वमै धेरै ६ हजार ७७ पुगेको छ । स्पेनमा २ हजार नाघेको छ । अमेरीकामा मृतकको संख्या ५ सय २० पुगेको छ । बेलायतमा एकै दिन ५४ जना सहित ३ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा एकै दिन १६ सयको मृत्यु र २६ हजार बढी नयाँ संक्रमित देखा परेको विश्व श्वास्थ्य संगठनले जनाएको छ ।
विश्वभर करीब ३ लाख ७७ हजार संक्रमित देखा परेका छन् । त्यस मध्य सकारात्मक पाटो करीब एक लाख संक्रमितहरु निको समेत भएका छन् ।
यसैबीच अमेरीकामा संक्रमित र मृत्यु हुनेको संख्यामा बृद्धि भएको र त्यसमा पनि १८ देखि ४९ बर्ष भित्रका धेरै मानिसको ज्यान जान थाले पछि श्वास्थ्य अधिकारीहरुले चिन्ता जनाएका छन् । अरु देशमा बृद्धाहरुको संख्या बढी छ मृत्यु हुनेमा तर अमेरीकामा युवाहरु । यो उल्टो देखिए पछि श्वास्थ्य अधिकारीहरु चिन्तित बनेका हुन् ।
विश्वका अरबौं मानिसहरुलाई घरमा बस्न अपील गरिएको छ । कफ्र्यु , लक डाउन, जस्ता आव्हान मार्फत मानिसहरुको सामाजिक दुरी निर्माण भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ