एजेन्सी चैत्र १० । विश्वकै सबै भन्दा धनी र विकसित एवं शक्तिशाली देश अमेरीका कोरोनाबाट त्रसित बनेको छ । अरबौं डलरको बजेट , उपचार र नियन्त्रण व्यवस्थाको घोषणा गरे पनि संक्रमण र मृत्यु दर बढ्दै गए पछि अमेरीकामा महामारी घोािष्त गरिएको छ कोरोनालाई ।
पछिल्लो २४ घण्टामा अमेरीकामा स्क सय जनाको मृत्यु भएको छ कोरोनाले । यो सगैँ अमेरीकामा मृत्यु हुनेको संख्या ३ सय ८९ पुगेको छ । सबै भन्दा धेरै मृत्यु एक सय १४ जना न्यूयोर्कमा पुगेको । साथै देशभर संक्रमितको संख्या ३० हजार माथि पुगेको छ ।
अमेरीकाको सिनेटर रैंड पाल समेत कोरोना संक्रमित भएको पुष्टी भएको छ । ५७ बर्षीय पालमा टेष्ट पोजेटिभ पाईएको हो ।
अमेरीकाले पछिल्लो मन्दी बराबर ठूलो आर्थिक संकट समेत पैदा भएको जनाईएको छ । केही दिन पछि औषधी समेत अभाव हुन सक्ने चेतावनी दिईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline