काेराेना भाइरसः चिसोका कारण आउने ८० प्रतिशत व्यक्तिको ज्वरो आँफै निको हुन्छः अनुसन्धान परिषद्

काेराेना भाइरसः चिसोका कारण आउने ८० प्रतिशत व्यक्तिको ज्वरो आँफै निको हुन्छः अनुसन्धान परिषद्

  • सोमवार, चैत्र १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

एजेन्सी, १० चैत ।

झण्डै ८० प्रतिशतभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए पनि उनीहरू आँफै निको हुनसक्ने भारतीय चिकित्सा अनुसन्धान परिषद् (आइसीएमआर) का महानिर्देशक बलराम भार्गवले आइतबार बताउनुभएको छ ।

भार्गवले सार्वजनिक वृत्तबाट स्वास्थ्य क्षेत्रमा गरिएको आलोचनाबारे सम्बोधन गर्दै भन्नुभयो, “बिरामीको अवस्था बुझ्नु जरूरी छ । कोरोना भाइरस सङ्क्रमणका सामान्य बिरामी ८० प्रतिशतभन्दा बढी हुने र चिसोका कारण आउने यस्तो ज्वरो आँफै निको हुनसक्छ । कोरोना भाइरसको सङ्क्रमणका कारण २० प्रतिशत बिरामीमा रूघा, खोकी, ज्वरोका जटिल समस्या देखिने र तिनीहरूको उपचार अस्पतालमा भर्ना भएर गर्नुपर्ने हुन्छ ।”

“अस्पतालमा भर्ना हुने करिब पाँच प्रतिशत कोरोना सङ्क्रमित विरामीलाई मात्र रोग प्रतिरोधका लागि उपचार दिइने र कतिपय बिरामीलाई मात्र नयाँ प्रकारका औषधिको संयोजन मिलाएर उपचार गरिने हो,” उहाँले थप्नुभयो । भारतमा अहिलेसम्म १५ हजारदेखि १७ हजार बिरामीको कोरोना भाइरस सङ्क्रमण परीक्षण भएको र अहिलेसम्म भारतमा ३४१ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको आइसीएमआर महानिर्देशकले बताउनुभयो ।

भारतमा एक दिनमा १० हजार व्यक्तिमा सङ्क्रमण परीक्षण गर्ने क्षमता रहेको र एक सातामा ५० देखि ७० हजार व्यक्तिको सङ्क्रमण परीक्षण गर्न सकिने दाबी पनि उक्त अवसरमा गर्नुभयो । कोभिड–१९को सङ्क्रमणको रोकथाम र नियन्त्रणको सबैभन्दा राम्रो उपाय हरेक सङ्क्रमित व्यक्ति र सङ्क्रमित नभएको व्यक्ति पनि सकेसम्म एक्लै बस्ने भएको उहाँले बताउनुभयो । कोभिड–१९ भाइरस हावामा नरहने तर व्यक्तिगत सम्पर्क वा साना साना पानी वा पसिनाका कणबाट सर्ने उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ