काेराेनाविरूद्वकाे सहयाेग अस्वीकार गर्दै इरानले भन्याे- तिम्रो औषधि भाइरसलाई फैलाउने एउटा उपाय हो

काेराेनाविरूद्वकाे सहयाेग अस्वीकार गर्दै इरानले भन्याे- तिम्रो औषधि भाइरसलाई फैलाउने एउटा उपाय हो

  • आइतवार, चैत्र ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 24.3K
    SHARES

एजेन्सी, ९ चैत । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खमेनीले कोरोना भाइरसविरुद्ध लड्न इरानलाई अमेरिकाले दिने भनेको सहयोग अस्वीकार गरेका छन् । अमेरिकाले इरानलाई तेल वितरणमा लगाएको प्रतिबन्धलगत्तै उनले कोरोना भाइरसको महामारीलाई ‘षड्यन्त्रको सिद्धान्त’ भन्दै अमेरिकी सहयोग अस्वीकार गरेका हुन् ।

इरानी अधिकारीहरुले पनि उक्त प्रतिबन्धलाई लिएर अमेरिकाको आलोचना गर्दैआएका छन् ।

खमेनीले चिनियाँ अधिकारीहरुलाई पनि कोरोना भाइरसबारे षड्यन्त्रको सिद्धान्त लागु गरेको आरोप लगाउदैँ खमेनीले भनेका छन्, ‘सम्भवतः तिम्रो औषधि भाइरसलाई फैलाउने एउटा उपाय हो । अथवा यदी तिमी थेरापिस्ट र डाक्टरलाई पठायौ भने सायद उसले विषको असर देख्न चाहन्छ,’

यसअघि चिनियाँ सरकारका प्रवक्ता लिजिआन झाओले ट्वीट गर्दै अमेरिकी सेनालाई भाइरस फैलाएको आरोप लगाएका थिए ।

यसवाहेक अमेरिकी एक सिनेटरले समेत कोरोना भाइरसलाई चिनियाँ मानव निर्मित ‘जैवीक हतियार’को रुपमा व्याख्या गरेका थिए । इरानमा नेता खमेनीले आइतबार लाइभ टेलिभिजन कार्यक्रमका बेला अमेरिकामाथि आरोप लगाएका हुन् ।

इरानमै भने कोरोना भाइरसका कारण २० हजार ६ सय संक्रमित भेटिएका छन् । साथै १ हजार ५ सय ५६ को मृत्यु भइसकेको छ । इरान पनि कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये एक हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ