एजेन्सी चैत्र ९ । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनको आदेशमा सेनाको मेडिकल टिम र कोरोना भाईरस प्रतिरोधी गाडीहरु ईटाली जाने भएको छ । आज राष्ट्रपति पुटिन र ईटालीका प्रधानमन्त्री गुईसेपे कोन्टेबीच भएको टेलिफोन बार्ता पछि रुसले यो सहयोग पठाउन लागेको हो ।
यस अघि नै विश्वमै सबै भन्दा महामारीको सिकार भएको ईटालीमा चीनको स्वयसेवकहरु खटिरहेका छन् ।
रुस अपेक्षाकृत कम प्रभावित छ कोरोनाबाट । शुरुदेखि नै सिमा सिल गर्नुका साथै कडा परीक्षणको विधि अपनाएको रुसमा कोरोना नियन्त्रणमै रहेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline