काठमाडौँ चैत्र ९ । बहराइनमा ३ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनीहरु अलग-अलग कम्पनीमा कार्यरत थिए । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार उनीहरुलाई सरकारले गुणस्तरीय स्वास्थ्य सेवा गरिरहेको बताए ।
‘हामीलाई यहाँको सरकारले तीन नेपाली भाइरसबाट संक्रमित भएको जानकारी दिएको छ,’ उनले कान्तिपुरलाई भने, ‘थप एक महिलासहित ३जनालाई परीक्षणका लागि क्वारेन्टाइनमा राखिएको छ।’
उनीहरु कार्यरत कम्पनीमा रहेका कामदारलाई पनि निगरानीमा राखिएको उनले बताए। ‘यहाँ क्याम्प र घरघरमा पुगेर स्वास्थ्य परीक्षण लिने काम भइरहेको छ,’ उनले भने। उनले क्वारेन्टाइन निकै व्यवस्थित रहेको बताए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline