एजेन्सी चैत्र ९ । विद्रोही भाकपा माओवादीले भारतको छत्तीसगढमा पछिल्लो समयकै सबै भन्दा शक्तिशाली हमला गर्दा १७ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । एसटीएफ र डिआरजीका जवानहरु शहीद भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अन्य एक दर्जन बढी घाईते पनि भएका छन् । घाईतेलाई हेलिकप्टरमार्फत उपचारको लागि अस्पताल पुर्याईएको छ ।
बस्तरमा डिआरजीको फौजले पहिलो पटक ठूलो नोक्सानी ब्यहोरेको हो । डिस्ट्रिीक रिजर्भ गार्ड स्थानीय युवा सामेल गरेर बनाईएको एउटा सुरक्षा दस्ता हो ।
माओवादी विरुद्ध भारतीय सरकारले गठन गरेको फौज हो । माओवादीले १५ थान अत्याधुनिक हतियार समेत कब्जा गरेर लगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पछिल्लो समय त्यस क्षेत्रमा ठूलो मात्रामा सुरक्षाफौज परिचालन गरेर माओवादी विरुद्ध अप्रेसन चलाए पछि यो हमला भएको हो । शनिबार जंगलको बाटोमा हिड्ददै गरेका सुरक्षाकर्मीको टोलीमाथि माओवादीले हमला गरेको थियो ।
सुरक्षाफौजले प्रयोग गरेको गाडी समेत एम्बुसले क्षत विक्षत भएको थियो ।