अमेरीकालाई कोरोना नियन्त्रणका लागि सहयोग गर्न चीन तयार

अमेरीकालाई कोरोना नियन्त्रणका लागि सहयोग गर्न चीन तयार

  • आइतवार, चैत्र ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

एजेन्सी चैत्र ९ । चाईनिज भाईरस, वुहान भाईरस भनेर अमेरीकाले विरोध गरीरहे पनि चीनले भने अ‍ेमरीकालाई कोरोना नियन्त्रणका लागि सहयोग पुर्याउन सक्ने प्रस्ताव गरेको छ ।
यदी अमेरीकाले माग गरेमा चीनले न्यूयोर्क , फ्लोरिडा, क्यालिफोर्निया लगायतका शहरमा देखा परेको कोरोना प्रभाव नियन्त्रणका लागि सहयोग पुर्याउने जनाएको छ ।
अमेरीकाबाटै जनस्तरमा चीनको मेडिकल उपकरण, क्वारेन्टाईन अनुभव आदि सहयोग लिनु पर्छ भन्ने आवाज उठेको बताईन्छ । यद्यपि, अमेरीकाले आधिकारीक रुपमा भने त्यस्तो माग गरेको छैन । स्थानीय सरकार र नागरिक स्तरमा भने भिडियो कन्फेरेन्स आदि मार्फत सहयोग आदान प्रदान बारे कुरा भईरहेको बताईएको छ ।
कोरोना संक्रमणबाट तग्रिएको चीनले विश्वभर मेडिकल उपकरण र स्वयसेवक पठाउन शुरु गरेको छ ।
कुटनीतिक र राजनीतिक स्तरमा चीनको बिरोध गरे पनि प्राविधिक हिशाबले मेडिकल सप्लाईमा केही हद सम्म चीनमा निर्भर रहनु पर्ने बाध्यता अमेरीकामा देखीएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ