विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १३ हजार नजिक, ३ लाख बढी संक्रमित

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १३ हजार नजिक, ३ लाख बढी संक्रमित

  • आइतवार, चैत्र ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

एजेन्सी चैत्र ९ । डिसेम्बर अन्त्यबाट फैलिएको कोरोना भाईरसले विश्वभर निकै मृत्यु हुनेको संख्या १३ हजार नजिक पुगेको छ । शनिबार सम्म मृत्यु हुनेको संख्या कुल १२ हजार ९ सय ८३ पुगेको छ । यसै गरी संक्रमितको संख्या ३ लाख ४ हजार ३ सय ४३ पुगेको छ । यस मध्य ९४ हजार ६ सय ७७ जना निको समेत भएको रिपोर्ट छ ।
भंयकर रुप लिदै गएको कोरोना एक सय ८६ देशमा पुगिसकेको छ ।
हाल सबै भन्दा यसबाट बढी नागरिकहरुको मृत्यु ईटालीमा भएको छ । त्याहाँ ४८ सय २५ पुगेको छ । भने संक्रमित ५३ हजार माथि छ ।
त्यस पछि चीनमा मृत्यु हुनेको संख्या ३२ ससय ५५ छ र प्रभावित ८१ हजार बढी छ । यद्यपि, कोरोना फैलन शुरु गरेको वुहान शहरमै कुनै पनि नयाँ संक्रमितको संख्या देखिएको छैन शनिबार ।
यसै गरी ईरानमा मृत्यु हुनेको संख्या १५ सय ६६ पुगेको छ भने संक्रमित २० हजार ६ सय १० रहेको छ ।
स्पेनमा मृत्यु हुनेको संख्या १३ सय ७८ पुगेको छ भने संक्रमितको संख्या २५ हजार भन्दा बढी छ ।
अमेरीकामा मृत्यु हुनेको संख्या २ सय ८३ पुगेको छ भने २२ हजार बढी संक्रमित छन् । यसै गरी फ्रान्समा ४ सय र बेलायतमा एक सय ८० को मृत्यु भएको छ ।
यसैबीच विश्व श्वास्थ्य संगठनले चीनको वुहानमा नयाँ संक्रमण नदेखिएको भन्दै विश्व स्वास्थ्य संगठनले नयाँ आशा पलाएको जनाएको छ । अरु देशमा पनि यो नियन्त्रणमा आउने विस्वास डब्लुएचओले गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ