एजेन्सी चैत्र ९ । यूरोपेली मुलुक ईटालीमा कोरोनाको प्रकोप भयावह बन्दै गएको छ । दिनहुँ मृत्यु हुने र संक्रमित हुनेको संख्या बढेको बढेकै छ । शनिबार दिनभरीमा मात्रै त्याहाँ अहिले सम्मकै धेरै ७ सय ९३ जनाको मृत्यु भएको छ । यो सगँै कुल मृत्यु हुनेको संख्या ४८२५ पुगेको छ । प्रभावित हुनेको संख्या ५३ हजार ५ सय ७८ पुगेको छ ।
ईटालीमा एक महिना आसपासमै कोरोनाले यति धेरै ज्यान लिएर संक्रमितको संख्या तीव्र भए पछि स्थिति भयावह बन्दै गएको छ । ६ करोड जनसंख्या रहेको यस मुलुकमा उपचार गर्न समेत चिकित्सकहरुलाई कठिनाई भएको छ । उपचारमा संलग्न हजारौ स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएको जनाईएको छ । सेनाको ट्रक मार्फत मृतकहरुको शब आसार्ने गरिएको दृष्य देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline