नेपाली जनप्रगतिशिल मोर्चा कतारले समानान्तर समितिको नाममा केहि व्यात्तिहरुले नेतृत्वमाथि प्रहार गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
मोर्चाका अध्यक्ष जयकिशोर पोद्दारले आज पुर्वाग्रही तरिकाले नेतृत्व माथि प्रहार गर्दै छुट्टै जमात खडा गरि समानान्तर समितिको नाम दिएर मोर्चा माथी गरिएको प्रहार प्रती मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
संगठनको नीतिनियम विपरित कार्य गर्नेलाई संगठनले कार्वाहि गर्नु र अन्य इमान्दार नेतृत्वले जिम्मेवारी सम्हाल्नु स्वभाविक रहेको जनाउर्दै मोर्चाले गलत टिकाटिप्पडी र प्रचार भने सह्य नहुने जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, सहि व्यक्तीहरुले संगठनलाई अगाडि बढाउदै निरंतरता दिन्छ्न। तर समानन्तर समिती गठन गर्ने धम्किपुर्ण अभिव्यक्ति दिदैमा समानान्तर समिती गठन गरेर जान सकिन्छ भन्ने भ्रम कसैमा छ भने त्यो भ्रममा मात्र सिमित रहनेछ ।
संगठनभित्र केहि असन्तुष्टि भए छलफल गर्न सकिनेमा त्यसलाई वेवास्था गर्दै बिरोध मात्र गरिरहने व्यबहारले आफै अरु राजनीतिक संगठनबाट परिचालित भएर संगठनलाई नै धरासायी बनाउन लागि परेको भन्ने बारे पछिल्लो गतिविधि ले झन स्पष्ट पारेको अध्यक्ष पोद्दारले जनाएका छन् ।
२१ मार्चमा साजन गुरुङले आफुलाई अध्यक्ष बनाएर निर्माण गरेको गुटमा नेतृत्व स्थानमा रहेका मध्य मोर्चाको गोपिनियता भंग गरेका, गोप्य बिषयहरुलाई बिरोधी संगठनका ससदस्यसम्म पुर्याएका, सिंगो मोर्चालाई नै धरासायी बनाउने भुमिका खेलेका, व्याक्तिगत स्वार्थ पूरा गर्न मोर्चालाई प्रयोग गर्न खोजेका, मोर्चाका योजनाहरुलाई बिफल बनाउन प्रमुख भुमिका खेलेका, नेपालमा कारवाहीमा परेका सदस्यहरुबाट संचालित भएका लगायतका गतिविधि गर्दै आएका कारण मोर्चाले यसअघि नै कार्वाही गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा केहिलाई जानकारी समेत नदिएको र स्वदेश फर्किसकेका व्याक्तिहरुको नाम राखेर सँख्यात्मक गुट निर्माण गरि सिङ्गो मोर्चासँग सम्झौता गर्ने सोचले अगाडी बढपछि मोर्चाले यस्तो कार्य गलत भएको भन्दै सचेत गराईरहेको थियो ।
विज्ञप्तिमा भनिएको छ, नेपाली जनप्रगतिशिल मोर्चा कतारका पदाधिकारी, सदस्य, शुभ चिन्तकहरुमा तथा सम्पुर्ण संचारकर्मी साथिहरुलाई यस्ता कुनै पनि भ्रमको खेती गर्नेहरुको पछि नलाग्न अनुरोध गर्दै साजन गुरुङ नेतृत्वमा निर्मित गुटमा रहेका सम्पुर्ण सदस्यहरुलाई मोर्चाको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरिएको समेत जानकारी गराउदै गराउदछौँ ।
