एजेन्सी चैत्र ८ । कोरोनाले अस्तव्यस्त बन्दै गएको ईटालीमा अहिले सम्मकै सबै भन्दा धेरै ६ सय २७ जना बिरामीको एकै दिन मृत्यु भएको छ ।
यतिको मृत्यु चीन र अन्य कुनै देशमा एकै दिनमा भएको थिएन । यो सगैँ ईटालीमा मृत्यु हुनेको संख्या ४०३२ पुगेको छ । करीब ४६ हजार प्रभावित छन् ।
ईटालीमा उपचारको समेत संमस्या पैदा भएको छ । करीब ६ करोड जनता लकडाउनमा जीवन विताउन बाध्य छन् ।
परिस्थिति हाहाकार हुदै गएको छ । जसका कारण सेना समेत परिचालन गर्ने तयारी सरकारले गरेको छ । ठूलो विपत निम्तिए पछि चीनले श्वास्थ्यकर्मी स्वयसेवक र मेडिकल उपकरण सहितको टोली चीनबाट पठाएको छ ।
यसै गरी विश्वभरमा एकै दिनमा एक हजार बढीको मृत्यु भयो । योसगँै ससारभरी कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २२० पुगेको छ । यस मध्य यूरोपमा मात्रै ६ हजार रहेको छ ।
ईरानमा १४ सय ३३,स्पेन १०४१,फ्रान्स ३७२ जनाको मृत्यु भएको छ ।