विश्वलाई कहालीलाग्दो संकटमा पुर्याउदै कोरोनाले , एक सय ७९ देशमा फैलियो, १० हजार ३५ को मृत्यु

विश्वलाई कहालीलाग्दो संकटमा पुर्याउदै कोरोनाले , एक सय ७९ देशमा फैलियो, १० हजार ३५ को मृत्यु

  • शुक्रबार, चैत्र ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी चैत्र ७ । नोवेल कोरोना भाईरसले विश्वलाई पहिलो र दोस्रो विश्वयुद्ध अघिको भन्दा जटिल संकट तर्फ धकेलेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अनुसार पनि विश्व युद्धले भन्दा यसले बढी मानवजातिमा संकट ल्याउदै गएको छ ।
हुन पनि विश्व युद्धमा मानिस त धेरै मारिएका थिए तर यत्रो धेरै भुभागमा प्रभाव परेको थिएन जति आज कोरोनाले प्रभाव पारेको छ ।
केही बेर अघि सम्मको आकंडा अनुसार विश्वको एक सय ७९ देशमा कोरोना पुगेको छ । जसमा विश्वभर १० हजार ३५ जनाको मृत्यु भएको छ । दुई लाख ४४ हजार बढी प्रभावित छन् । ८० हजार जाति निको भएका छन् विरामीहरु ।
सबै भन्दा बढी प्रभावित इृटाली बनेको छ । कोरोना फैलिएको एक महिना भित्रैमा ईटालीमा चीनमा भन्दा मर्नेको संख्या बढी हुन पुगेको छ । ३४०५ जनाको ज्यान गएको छ ईटालीमा । ४१ हजार बढी प्रभावित छन् ।
चीनमा ३२ सय भन्दा माथिको मृत्यु भएको थियो तीन महिनामा । तर संक्रमितको संख्या भने चीनमा धेरै छ । यद्यपि, धेरै जसो निको भएको र अस्पतालहरु पनि बन्द हुन थालेको भनिएको छ ।
ईटली पछि ईरान, स्पेन, अमेरीका, बेलायत, फ्रान्स लगायतका मुलुकमा जटिलता बढेको छ ।
ईरानको श्वास्थ्य विभागका अनुसार हरेक १० मिनेटमा एक बिरामीको मृत्यु भईरहेको छ भने ५० मिनेटमा नयाँ बिरामी फेला परिरहेका छन् । अझ अमेरीकी प्रतिवन्धका कारण ईरानमा मेडिकल फ्यासेलीटीको अभाव भएको छ ।
अमेरीकाले क्यालिफोर्नियामा मात्रै ४ करोड मान्छेलाई लकडाउन गर्दै छ भने राष्ट्रिय संकटकाल नै घोषणा गरिएको छ । १४ हजार बढी प्रभावित छन् भने २१८ जनाको मृत्यु भईसकेको छ अमेरीकामा पनि । अब सेनालाई मैदानमा उतार्ने त्याहाँका राष्ट्रपति ट्रम्पले तयारी थालेका छन् । अमेरीकामै उपचारका लागि मेडिकल फ्यासेलिटिको अभाव शुरु भएको भनिएको छ । जापानका ठूला कार निर्माता कम्पनीहरुले अमेरीकामा उत्पादन बन्द गरेका छन् ।
छिमेकी भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ भने पाकिस्तानमा तीन पुगेको छ । तीव्र गतिमा भारत र पाकिस्तानमा फैलिरहेका कारण नेपाल उच्च जोखिमयुक्त क्षेत्रमा परेको छ ।
यसले खास गरी प्रकृतिमाथि मानवको दोहन , अस्वस्थ्य प्रतिस्पर्धामा आधारीत अर्थतन्त्र भएकाले विश्व आर्थिक, मानवीय एवं रोजगारी र अन्य नयाँ संकटतर्फ जादैछ । जसबाट मुक्त हुन सबै देश र सबै जनताले साझा सहकार्य गर्नु पर्ने विन्दुमा विश्व पुगेको छ । यो कहालीलाग्दो संकटबाट मुक्त हुन अभूतपूर्व मानवीय एकता र सहकार्यको विकल्प नरहेकोमा विश्वभरबाट आवाज उठिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी