एजेन्सी, ७ चैत ।
कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ । मृतकको संख्या ३४०५ पुगेका छ । फ्रेब्रुअरी १९ बाट फैलीएको कारोना भाइरसका कारण एक महिना भित्रै यति ठुलो संख्यामा नागरिकको मृत्यु भएको हो ।
यसअघि चीनमा सबैभन्दा धेरै कोराना भाइरसको संक्रमणका कारण मृत्यु भएको तथ्याङ्क थियो । चीनमा ३२४५ नागरिकको मृत्यु भएको थियो ।
तर आजबाट इटालीले चीनलाई उछिनेको छ ।
इटालिमा हालसम्मको तथ्याङक अनुसार ४१ हजार भन्दा बढी संक्रमित भएका छन् । हजारौ स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिएको अस्पतालहरुमा उपचारको अभाव हुन थालेको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।
करिब ६ करोड नागरिक अहिले घर भित्रै बस्न बाध्य भएको जनाईएको छ ।
त्यस्तै इरान र स्पेनमा पनि पछिल्लो २४ घण्टामा क्रमशः १४९ र १६५ जनाको मृत्यु भएको छ। बिहीबार रातिसम्म इरानमा भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार २ सय ८४ पुगेको छ भने १८ हजार ४ सय ७ जना संक्रमित भएका छन्। त्यस्तै स्पेनमा ८ सय ३ को मृत्यु हुँदा १७ हजारभन्दा बढी संक्रमित भएका छन्।
गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोभिड–१९ अहिले विश्वका १७० भन्दा देशमा फैलिइसकेको छ। विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ कारण अहिलेसम्म ९ हजार ८ सय २४ जनाको मृत्यु भइसकेको छ। त्यस्तै २ लाख ३६ हजारभन्दा बढी यसबाट संक्रमित हुँदा ८६ हजारभन्दा बढी निको भएका छन्।