एजेन्सी चैत्र ६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाले पहिलो र दोस्रो विश्व युद्धले भन्दा ठूलो संकट ल्याएको बताएका छन् । आज देशका नाममा सवोधन गर्दै उनले यति धेरै देश विश्वमा एकै पटक कहिले पनि संकटमा नपरेको भन्दै मानवजातिलाई ठूलो संकट परेको बताए ।
उनले भारतको एक सय ३० करोड मानिसहरुले कोरोना विरुद्ध डटिरहेको र भारतीयहरु निश्चिन्त रहेको तर त्यो गलत हुने बताए ।
मोदीले अहिले पनि निश्चिन्त रहनु गलत हुने बताए । २२ मार्चबाट जनता कफ्र्यु लगाउने भन्दै उनले जनता स्वयंले आफैलाई कफ्र्यु लगाउन अर्थात बिहान ७ बजेदेखि राति ९ बजे सम्म घरबाट ननिस्कन अपील गरे ।
भारतमा कोरोनाबाट ४ जनाको मृत्यु भईसकेको छ भने एक सय ८० भन्दा बढी प्रभावित भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline