एजेन्सी चैत्र ६ । युरोपेली देश ईटालीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार पुगेको छ । बुधबार एकै दिन ४ सय ७४ को ज्यान गएको छ । देशमा संकटकाल र प्रतिवन्धले समेत कोरोना नियन्त्रण हुन सकेको छैन । दिनहुँ प्रभावितको संख्या बढेर ३५ हजार ७ सय १३ पुगेको छ ।
बिरामीहरुको उपचार गर्नै मुस्किल परेको छ भने करीब ६ करोड जनताको जीवन अस्तव्यस्त बन्न पुगेको छ । ईटालीमा एकै दिनमा मरेको यो सबै भन्दा धेरै संख्या हो ।
ईटालीमा मृत्यु हुनेको संख्या चीनको हारहारी पुग्न लागेको छ । मानिसहरुको अस्पतालहरुमा लाशको चाङ लाग्न थाले पछि ठूलो चिन्ता र विपत आईलागेको छ । चीनमा ३२ सय भन्दा बढीको ज्यान गएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline