एजेन्सी चैत्र ५ । अमेरीकामा कोरोना भाईरसका कारण मृत्यु हुनेको संख्या एक सय पुगेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो धनराशी र कार्यक्रम घोषणा गरे पनि कारोनाले नागरिकको ज्यान लिन छाडेको छैन । पछिल्लो २४ घण्टामा त्याहाँ १३ जनाको मृत्यु भएको छ । यसैगरी संक्रमितको संख्या ५१ सय नाघेको छ ।
अमेरीकामा रोजगारी गुम्ने, अत्यावस्यकीय बस्तुको जोहो गर्न मानिसहरु चिन्तित बनिरहेको देखिएको छ । शहरहरु , मलहरु, बजारहरु लगभग सुनसान हुदै गएका छन् । करोडौं नागरिकहरु घरमै बसिरहेका छन् ।
कतिपय राज्यमा त राज्य सरकारले कफ्र्यु समेत लगाएको खबर छ । राष्ट्रिय संकटकाल घोषणा गरेर काम गर्दा समेत अमेरीकामा कोरोना नियन्त्रणमा आउन सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline